• कार्तिक ३ २०८१, शनिबार

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घ बैठक अजरबैजानमा हुने

कार्तिक ३ २०८१, शनिबार

काठमाडौं । विश्व व्यापार सङ्गठन (डब्लुटीओ) ले अजरबैजानको बाकुमा हुने कोप–२९ शिखर सम्मेलनलाई विभिन्न व्यापार केन्द्रित कार्यक्रमहरूमार्फत सहयोग र सहभागिता जनाउनेछ ।

डब्लुटीओ महानिर्देशक न्गोजी ओकोन्जो–इवेलाले नोभेम्बर १२ र १३ मा हुने ‘वल्र्ड लिडर्स क्लाइमेट एक्सन समिट’ कार्यक्रममा भाग लिनेछन् ।

डब्लुटीओले वेबसाइटमार्फत कोप–२९ को बारेमा जानकारी प्रदान गर्नेछ । जलवायु परिवर्तनसम्बन्धी पक्षहरूको सम्मेलनको संयुक्त राष्ट्रसङ्घको २९औँ वार्षिक बैठक नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुँदैछ ।

जलवायु उद्देश्यहरू प्राप्त गर्न, दिगो विकास प्रवद्र्धन गर्न तथा व्यापार नीतिहरूको महत्त्वपूर्ण भूमिका जाँच्न उक्त सम्मेलनमा सहभागीहरूलाई आमन्त्रित गरिनेछ ।