• कार्तिक ३ २०८१, शनिबार

चितवन प्रहरी कार्यालयको बाथरुममा मृत भेटिए थुनुवा

कार्तिक ३ २०८१, शनिबार

 

कात्तिक ३, काठमाडौं । इलाका प्रहरी कार्यालय, रत्ननगर टाँडीमा थुनामा रहेका एक व्यक्ति मृत भेटिएका छन् ।

आपराधिक लाभ कसुर मुद्दामा १ कात्तिकमा पक्राउ परेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत भेटिएका हुन् ।

शनिबार बिहान पौने पाँच बजे बाथरुमको ढोका छेउमा घोप्टो परेको अवस्थामा भेटिएका क्यामोदिनलाई उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो । तर, अस्पताल पुर्याएलगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार क्यामोदिनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।