काठमाडौं । कुनै बेला विश्वकै गरिव मुलुकको नामले चिनिने चीन अहिले विश्वकै उदयमान शक्तिराष्ट्रको रुपमा परिचित छ । ४० वर्षअघिको तथ्यांक हेर्दा चीनमा भोकमरी,कोलाहाल र गरिबीले थिलथिलो थियो । ४ दशकपछि भने चीनले कंगारु गतिमा आर्थिक बृद्धिमा ठूलो फड्को मार्यो । चीनको नाम QIN लेख्ने गरिन्थ्यो । जसलाई उच्चारण गर्दा चीन हुन गयो । चीन एउटा बादशाहको नाम थियो । जसले चीनमा २ हजार बर्ष पहिले शासन गरेका थिए । चीनमा पहिला चीन भन्दा पनि Zhongguo जसको अर्थ मिडल Kingdom नामले चिनिन्थ्यो । चीनमा ४ हजार वर्ष पुरानो इतिहास छ । चीन विश्वको चौथो ठुलो राष्ट्र हो । १९ औ शताब्दीसम्म चीन शक्तिशाली देशको रुपमा परिचित थियो ।
एक शताब्दी अरुको अपमान सहन बाध्य
सन् १८३९ देखि १९४९ लाई चिनियाँहरूद्वारा अपमानको शताब्दीको रूपमा चिनिन्छ । यो क्रम सन् १८३९ मा ब्रिटिश ईस्ट इन्डिया कम्पनी शुरू हुन्छ । जतिबेला ईस्ट इन्डिया कम्पनीले भारतमा आफ्नो साम्राज्य जमाइरहेका थिए । उनीहरुले चीनमा अफिम निकासी गर्न थाले । अफिम एउटा यस्तो लागुऔषध हो जसको धेरै चिनियाँहरु लतमा परे । जुन अफिमले सम्पूर्ण चिनियाँ समाज ध्वस्त बनाउने काम गर्यो । यसपछि चीनमा धेरै सन्धिहरू बाध्यात्मक रुपमा भए । जसअनुसार चीनले महत्वपूर्ण भूभाग र आफ्ना बन्दरगाहहरू बेलायतलाई हस्तान्तरण गर्नुपर्यो। त्यसपछि १८५० चीनमा भयानक गृहयुद्ध भयो । ताइपिङ विद्रोहको नाममा युद्ध, लाखौं मानिस मारिए । द्रुत अगाडि ४० वर्ष। र सन् १८४९ मा पहिलो चीन-जापान युद्ध भयो । चीन र जापान भूभागमा युद्धले थिलतिलो बनाउने काम गर्यो । जापानीजहरुले चिनियाहरुलाई दमन र शोषण गरे । युद्धमा लुट्न सम्म लुटे । सन् १९३७ देखि १९४५ सम्म चिनियाँ नागरिकले जापानको अत्याचार सहनु पर्यो ।
१९२७ देखि चीनमा चिनियाँ नागरिकहरु नेशनल पार्टी त्यहाँको सरबार विरुद्ध आफ्नो आवाज बुलन्द गरेर उठे । नागरिक युद्धमा १९४७ मा चिनिया कम्युनिष्ट पार्टीले जित हासिल गर्यो । चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा विजय हासिल गरेसँगै नेशनल पार्टी त्यहाँबाट भाग्यो । जो आजको दिनमा ताइवानमा छन् । त्यसपछि चीनमा माओको शासन सुरु भयो । १ अक्टुबर १९४९ पिपल्स रिपब्लिक अफ चाइनको जन्म भयो । सन् १९५८ मा माओले घोषणा गरे Great leap forward campaign जसको अर्थ सामाजिक र आर्थिक विकासको अवधारणा थियो । दुई वटा पोलिसीले पहिला जमिन जमिनदारको हातबाट लिएर किसानलाई वितरण, जग्गाको पुन वितरण, कृषिलाई एक ठाउँमा एकीकृत गर्ने काम गरे । साथै सम्पूर्ण जमिनको अधिकार सरकारको हातमा लिने काम भयो । माओको शासनमा भएको भनेको दोस्रो काम हो उद्योगिकरण । ठुला ठूला उद्योग निर्माणको कामलाई तिब्रता दिए । त्यसो त सन् १९५८ देखि १९६१ को बीचमा खराब मौसमका कारण चीन अन्न उत्पादनमा १५ प्रतिशतले कमी आयो । हालत यति खराब भयो कि देशमा भोकमरी आयो । अनिकाल यति भयानक थियो कि। सन् १९५९ देखि १९६१का बीचमा ४० करोड मानिस अनिकालका कारण ज्यान गुमाउन पुगे । माओको शासनकाल त्यसमाथि सन्तुलन कायम राख्न नसक्दा समस्या भयो । माओको उद्देश्य खाद्यान्न बढाउने मात्रै थियो । खाद्यान्न बढाउनकै लागि चिनियाहरुले भगेरा लगायत अरु चराहरु मार्ने थाले । खेतमा दाना खाने हुँदाँ चरा मार्ने काम हुन्थे ।
जब यो अभियान चलाइयो र भँगेराहरू मारिए । केही वर्ष पछि मानिसहरूले महसुस गरे कि कीराहरू र घरपालुवा जनावरहरू द्रुत गतिमा बढिरहेका थाहा पाए । उनीहरुले बालीनालीमा बढी क्षति पु¥याएका छन् । यसले खाद्यान्न अभाव झन झन झन बढ्दै गयो । पारिस्थितिक सन्तुलित बाधा आउँदा यसले भोकमरी ल्यायो । यति ठूलो असफलतापछि माओको आलोचना भयो । चिनियाँ नागिरक र कम्युनिष्ट पार्टीबाटै माओको आलोचना भयो । माओ आफ्नो गल्ती मान्न तयार थिएनन् । त्यसपछि अर्को अभियान सांस्कृतिक क्रान्ति १९६६ मा माओ आफ्नो शक्ति देखाउन यांगत्जे नदीमा पौडी खेले। रेड गार्ड माओका वफादार सिपाहीहरू विद्यार्थीमा नागरिक सेना गठन गरियो । जहाँ माओको विचारधारा मान्नै पर्ने बाध्यात्मक अबस्था सिर्जना गरियो । जसले माओको विचारधारा मान्दैनन् उनीहरु लाई सार्वजनिकस्थलमा अपमानपूर्वक सजाय दिइन्थ्यो । माओको समयमा साक्षरता दर बढे पनि आर्थिक बृद्धिदर बढ्न भने सकेन ।
सन् १९७६ मा माओको मृत्यु भयो। माओको समयमा सबै शक्ति केन्द्रिकृत गरिएको थियो भने देङ सिआओपिङको समयमा शक्तिलाई बिकेन्द्रीकरण गरियो । आर्थिक पहुँचमा थप स्वतन्त्रता दिइएको थियो । जसका कारण लाखौं मानिसहरू गरिबीबाट बाहिर आउन थाले । आर्थिक बृद्धिदर बढ्दै जान थाल्यो । अर्थतन्त्रमा खुला नीतिको अवधारणा ल्याएसँगै चीनको जीडीपी पनि बढ्दै गयो । देङ सिआओपिङ नेतृत्वमा आएपछि सन् १९७८ र १९८४ को बीचमा चीनमा औसत कृषि उत्पादन ७.४ प्रतिशतको दरले बढेको तथ्याङ्क छ ।
शिक्षामा क्रान्ति
सन् १९८६ मा सरकारले अनिवार्य शिक्षा लागू गर्यो । ९ वर्ष निशुल्क । सरकारले जनताको शिक्षामा बढी खर्च गर्न थाल्यो . चीनले प्राविधिक र व्यावसायिक शिक्षामा पनि ध्यान दिएको छ। जुन देश विकसित छ त्यो देशले शिक्षामा लगानी गरेकै देखिन्छ । चाहे सिंगापुर होस् या अष्ट्रेलिया अमेरिका । सन् १९८२ मा ६५ प्रतिशत थियो भने सन् २०१२ मा ९५ प्रतिशत साक्षर छन् । त्यस्तै स्वास्थ्यमा सन् २०१९ मा ५.९ प्रतिशत जिडिपी खर्च भएको थियो भने । देङ सिआओपिङले भने टाउनशिप र गाउँ उद्यमहरू ग्रामिण भेगलाई आर्थिक रुपमा अगाडी बढाउने उदेश्य राखे । देङ सिआओपिङको उदयपछि चीनले खुल्ला अर्थतन्त्रको नीति अपनायो त्यसपछि चीनले उच्च गतिमा अघि बढ्यो । देङ सिआओपिङले कम्युनिष्ट समाजवादी राजनीतिक माहोलमा ठोस परिवर्तनको जग बसाले। देङ सिआओपिङले शुरू गरेको सामाजिक-आर्थिक सुधारको दृष्टान्त मानव इतिहासमा भेटिँदैन। सन् १९७८ देखि २०१६ को बीचमा चीनको जीडीपीमा ३,२३० प्रतिशतले वृद्धि भएको छ । यसबीचमा ७० करोड मानिसहरू गरिबीको रेखाबाट माथि उठे भने ३८.५ करोड मानिसहरू मध्यवर्गका रूपमा उकासिए । चीनको वैदेशिक व्यापार साढे १७ हजार प्रतिशतले बढ्यो भने सन् २०१५ सम्म चीन विदेशी व्यापारमा अगुवाको रूपमा उदायो । सन् १९७८ मा चीनले वर्षभरि गर्ने व्यापार अहिले दुई दिनमै गर्छ ।
देङ सिआओपिङले चिनियाँ कम्युनिष्ट पार्टीलाई सामूहिक नेतृत्वमा लगेर चीनमा सामाजिक-आर्थिक परिवर्तनको प्रक्रियामा तीव्रता दिए । चिनियाँ विशेषताको समाजवाद नाम दिइएको सो नीतिले चीन विश्व बजारमा प्रवेश गरेको थियो । यसैबाट आधार निर्माण भएकोले पछि चीनलाई सन् २००० पछि विश्व व्यापार संगठनमा प्रवेश गर्नलाई सजिलो भएको थियो । चीनले लिएको यसै नीतिका कारण नै आजको चीन विश्व मानचित्रमा यो रुपमा स्थापित हुन सम्भव भएको र यसैको जगमा अडिएर बिआरआइजस्ता महत्वाकांक्षी र ठूला आयोजनाहरु लिएर चीन संसारसामु सबलरुपमा प्रवेश गर्न सम्भव भएको हो ।
आर्थिक सुधारहरू: १९७० को दशकको उत्तरार्धमा, देङ सिआओपिङको नेतृत्वमा, चीनले महत्त्वपूर्ण आर्थिक सुधारहरू लागू गर्यो । योजनाबद्ध अर्थतन्त्रबाट बढी बजारमुखी प्रणालीमा परिवर्तनले तीव्र औद्योगिकीकरण र वृद्धिलाई प्रोत्साहित गर्यो ।
भूमण्डलीकरण र व्यापार: चीनले विश्वव्यापीकरणलाई अँगालेको छ । अन्तर्राष्ट्रिय व्यापारमा एक प्रमुख खेलाडी बनेको छ। २००१ मा विश्व व्यापार संगठन (WTO) मा यसको प्रवेशले यसलाई विश्वव्यापी अर्थतन्त्रमा थप एकीकृत गर्यो।
उत्पादन हब: चीन “विश्वको कारखाना” को रूपमा चिनिन थाल्यो, विदेशी लगानीलाई आकर्षित गर्दै र एक विशाल उत्पादन आधार स्थापना गर्दै, जसले पर्याप्त आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्यो ।
पूर्वाधार विकास: यातायात, उर्जा र शहरी विकास जस्ता पूर्वाधारहरूमा ठूलो लगानीले आर्थिक वृद्धि र जीवनस्तरमा सुधार ल्याउन सहज बनायो ।
शिक्षा र नवप्रवर्तन: शिक्षा र प्रविधिमा गरिएको लगानीले दक्ष जनशक्तिलाई बढावा दिएको छ र नवप्रवर्तनलाई प्रोत्साहित गरेको छ, जसले चीनलाई प्रविधि र इन्जिनियरिङ जस्ता क्षेत्रमा अग्रणी बनाएको छ ।
राजनीतिक स्थायित्व: चिनियाँ कम्युनिष्ट पार्टीले सत्तामा बलियो पकड कायम राखेको छ । जसले व्यक्तिगत स्वतन्त्रताको मूल्यमा आर्थिक वृद्धिको लागि स्थिर वातावरण प्रदान गरेको छ ।
भूराजनीतिक रणनीति: चीनले बेल्ट एण्ड रोड इनिसिएटिभजस्ता पहलहरू मार्फत आफ्नो प्रभाव बढाउँदै, पूर्वाधार निर्माण गरेर र विश्वभरका देशहरूसँग व्यापारलाई बढावा दिएर आधुनिक सिल्क रोड सिर्जना गर्ने लक्ष्य राख्दै दृढ परराष्ट्र नीति अपनाएको छ ।
सफ्ट पावर: चीनले मिडिया, शिक्षा र कूटनीतिको माध्यमबाट आफ्नो सांस्कृतिक प्रभाव विस्तार गर्न पनि काम गरेको छ । विश्वव्यापी मञ्चमा आफ्नो योजनालाई बढावा दिदै आइरहेको छ ।