• कार्तिक ३ २०८१, शनिबार

पशुपतिको गौशाला धर्मशाला विवादमा सर्वोच्चको अन्तरिम आदेश

कार्तिक २ २०८१, शुक्रबार

कात्तिक २, काठमाडौँ । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डालकुमार खड्काको एकल इजलासले पहिलो सुनुवाइ गर्दै शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

काठमाडौँ महानगरपालिकाले धर्मशालाबाट हटाउन खोजेको र उक्त कार्य असंवैधानिक भएको दाबी गर्दै माडवाडी सेवा समितिका तर्फबाट पशुपति क्षेत्र विकास कोषसमेत १५ जनालाई विपक्षी बनाउँदै रिट दायर भएको थियो ।