कात्तिक २, काठमाडौं । टी–२० आई सिरिजको पहिलो खेलमा नेपालले घरेलु टिम अमेरिकालाई १७ रनले पराजित गरेको छ ।
नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रनमै समेटिएको हो । अमेरिकाका लागि सायान जङ्हागिरले सर्वाधिक ६० रनको योगदान दिए ।
३४ बलको सामना गरेका सयानले ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै, आन्द्रेस गौसले ३०, मिलिन्द कुमारले २२ र जस्दिप सिंहले १६ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ तथा करण केसी, रिजन ढकाल र गुल्सन झाले समान १९१ विकेट लिए ।
त्यसअघि डालसस्थित ग्रान्ड प्रेरी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६४ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए । ३३ बलको सामना गरेका पौडेलले ४ चौका र १ छक्का प्रहार गरे ।
यस्तै, दीपेन्द्रसिंह ऐरीले २८, ओपनरद्वय अनिल साह र आसिफ शेखले समान २७–२७, गुल्सन झाले ११ र कुशल भुर्तेलले १० रनको योगदान दिए । सोमपाल कामी २ रन जोडे । करण केसी र आरिफ शेख भने शून्य रनमै पभिलियन फर्किएका थिए ।
अमेरिकाका लागि हरमित सिंह, जसदिप सिंह र सौरव नेत्रवल्करले समान २–२ तथा अलि खान र नोस्थुस केन्जिगेलले १–१ विकेट लिएका थिए ।