कात्तिक २, काठमाडौं । प्रतिपक्ष दलहरूको बैठक सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठक संसद भवन नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेताको कार्यकक्षमा सुरु भएको हो ।
बैठकमा माओवादी केन्द्र, रास्वपा, नेकपा एस, लोसपा र आजपा सहभागी भएका छन् । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, नेकपा एसका अध्यक्ष केपी शर्मा ओली, रास्वपाबाट सभापति रवि लामिछाने, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त महर्जनलगायत सहभागी छन् ।
सरकारमा सहभागी दल लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि प्रतिपक्षी दलको बैठकमा सहभागी भएका छन् । बैठक समसामाजिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।