• मंसिर १३ २०८१, बिहीबार

बिहारमा विषाक्त मदिराका कारण २४ जनाको मृत्यु

कार्तिक १ २०८१, बिहीबार

१ कात्तिक, बिहार । बिहारको सिवान र सारण जिल्लामा विषाक्त मदिराका कारण कम्तीमा २४ जनाको मृत्यु भएको छ । मुख्यमन्त्री नितिश कुमारले यस विषयमा भइरहेको उच्चस्तरीय छानबिनको समीक्षा गरेका छन् ।

मृत्युको बारेमा जानकारी दिँदै बिहारका डीजीपी आलोक राजले भने, ‘अहिलेसम्म विषाक्त मदिरा सेवनका कारण २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । सिवान जिल्लामा २० जनाको मृत्यु भएको छ भने सारण जिल्लामा चार जनाको मृत्यु भएको हो ।’

‘सरण जिल्लाको मसरख क्षेत्र र सिवानको भगवानपुर बजार क्षेत्र मुख्य रूपमा प्रभावित भएका छन् । राज्य सरकारले यो घटनालाई गम्भीरताका साथ लिएको छ र बिहार पुलिस कडा कारबाही गर्न तयार छ,’ उनले भने ।

डीजीपीका अनुसार घटनाको जानकारी पाएपछि बिहार पुलिस अधिकारीहरूले प्रभावित क्षेत्रको भ्रमण गरेको छ । साथै शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।