कात्तिक १, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबारको उच्च मूल्यलाई ब्रेक गर्दै छापावाल सुन आज हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो ।
छापावाल सुन आज प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर छ । बुधबार एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यका कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।