काठमाडौं । विश्वका धनी व्यक्तिमध्ये एक एलन मस्कले रिपब्लिक पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रमलाई चुनाव प्रचार प्रसारका लागि ७५ लाख मिलयन डलर सहयोग गरेका छन् । सरकारी अनुसन्धानले यो कुरा बाहिर ल्याएको हो ।
सरकारी अनुसन्धान अधिकारीका अनुसार मस्कले ट्रम्पलाई तीन महिनाको अवधिमा करिब ७५ मिलियन डलर सहयोग गरेको खुलेको हो । मस्कले जुलाईमा भएको हमलापछि ट्रमलाई औपचारिक रुपमा समर्थन गरेका थिए तर,यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको पाइएको छ ।
केही दिनअघि पेन्सिलभेनियाको बटलरमा ट्रमको र्यालीमा मस्क सहभागी भएका थिए । त्यही ठाउँमा ट्रममाथि आक्रमण भएको थियो । अमेरिकामा राष्ट्रपति निर्वाचन नोभेम्बरमा हुँदैछ ।
जहाँ डेमोक्रेटिक पार्टीको तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस उम्मेदार छिन् । रिपब्लिक पार्टीले पूर्वराष्ट्रपति ट्रमलाई उम्मेदवार बनाएको छ ।