• मंसिर १३ २०८१, बिहीबार

१० लाख मूल्य बराबरका भन्सार छलेर ल्याइएका सामान बरामद

आश्विन ३० २०८१, बुधबार

३० असोज, वीरगञ्ज । सशस्त्र प्रहरी बलले रु.१० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । बरामद गरिएका सामानमा ‘मोटरपार्टस, कस्मेटिक, मोबाइल एसेसरिज’ छन् ।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए ।

यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको रु.२१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो ।