• मंसिर ११ २०८१, मंगलवार

दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

आश्विन २९ २०८१, मंगलवार

२९ असोज, काठमाडौँ । दसैँपछिको पहिलो कारोबारका दिन मंगलबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो ।

यसअघि असोज २३ गते सुनको मूल्य तोलामा १ लाख ५९ हजार १०० रुपैयाँ कायम भएको थियो ।  उक्त दिनको तुलनामा दसैँपछि आज कारोबार हुँदा सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । असोज २३ मा तोलामा १ हजार ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज रु. २५ बढेर तोलामा १ हजार ९२५ रुपैयाँमा कारोबार भएको हो ।