• मंसिर १२ २०८१, बुधबार

पार्टी कार्यालय बाढीले डुबाएपछि एमाले पार्टी कार्यालय कीर्तिपुरमा सर्यो, ओलीले गरे शिलान्यास

आश्विन २५ २०८१, शुक्रबार

काठमाडौँ, २५ असोज । एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा निर्माण हुने पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरेका छन् ।

उद्यमी मीनबहादुर र सावित्री गुरुङले प्रदान गर्नुभएको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने एमाले महासचिव शङ्कर पोखरेलले बताए । हालको पार्टी कार्यालयमा बाढीबाट क्षति भएपछि मैत्रीनगरमा नयाँ भवन निर्माण हुन लागेकोे हो ।

यसैबीच, व्यवसायी गुरुङले आफूले अन्य राजनीतिक दललाई पनि सहयोग गर्दै आएको र एमालेलाई पनि मद्दत गरेको बताए । एक वर्षभित्र भवन निर्माण गर्ने एमालेले बताएको छ ।