नेपाली खेलकुद क्षेत्रको सर्वोच्च निकाय युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले गणतन्त्र स्थापनापछि नेपाली खेलकुदले आशातित विकास गर्न नसकेको बताउँछन्। खेलाडीहरू देशमै केही गर्ने अवसर नपाउँदा उनीहरू दिनप्रतिदिन पलायन भइरहेका छन् । खेलकुद संघहरूमा चर्को विवाद देखिएको छ भने दशौं राष्ट्रिय खेलकुद समयमै गर्नुपर्ने ठुलो चुनौती आइपरेको छ । नेपाली खेलकुदको वर्तमान अवस्था, दशौं राष्ट्रिय खेलकुदको आयोजना र खेलका समसामायिक विषयमा खेलकुदमन्त्री चौधरीसँग गरिएको कुराकानी : तपाईले खेलकुद समाहालेको धेरै समय त भएको छैन ।
तर, यो छोटो समयावधिमा नियाल्दा खेलकुदको कस्तो अवस्था पाउनु भएको छ ? गणतन्त्र स्थापनापछि नेपाली खेलकुदले जसरी फड्को मार्नुपर्ने हो, तर त्यो हुन सकेको छैन। बरू उल्टै निकै कमजोर अवस्थामा नेपाली खेलकुद रहेको मैले महसुसन गरिरहेको छु। नेपाल ओलम्पिक कमिटी र खेल संघको विवादका साथै खेलाडीहरूमा खेलप्रतिको जुन इच्छाशक्ति हुनु पर्ने हो त्यो पाइरहेको छैन। आफ्नो अञ्चलबाट मैले भलिबल खेल्दा त्यतिबेलाको जोश, जाँगर खेलाडीमा देखेको छैन ।
त्यो समयको तुलनामा अझ अहिले धेरै सेवा, सुविधा छ ।तर पनि राम्रा खेलाडीहरू दिनदिनै पलायन हुन बाध्य भइरहनु भएको छ । नेपाली खेलकुदका सरोकार निकायहरू र त्यहाँ रहेका व्यक्ति वर्षौंसम्म पनि आफ्नो पद जोगाउन मात्र काम गरिरहेका छन्। यसले नेपाली खेलकुदलाई अफ्ठयारो स्थितिमा र्पुयाएको छ । तर, यो अवस्थालाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले यी समस्यालाई समाधान गर्ने मलाई विश्वास छ । कतिपय कमीकमजोरीहरू भएका छन्रहोला । त्यसलाई ऐन शंसोधन गरेर भए पनि समाधान गर्नेछु । कतिपय संघले दशकौंसम्म चुनाव गरेका छैनन् ।