• कार्तिक ३ २०८१, शनिबार

दशैंको खानपानमा सावधानी अपनाउन जरुरी

आश्विन २१ २०८१, सोमबार

काठमाडौँ । बडादशैं ठुलाबडाको आशिर्वाद थाप्ने र मीठो मसिनो खाने चाडका रूपमा बुझिन्छ । त्यसैले दसैँको खानपान विशेष हुने गर्छ ।  दशैंमा धेरैले, एकै पटक टन्न मासु पकाउने, खाने गर्दछन् । जो हानिकारक हुन सक्छ । त्यसैले दशैंको खानपानमा सावधानी अपनाउनै पर्छ ।

– मदिरा खानु अघि पानीकतिपय मानिस दसैँ मदिरा पिउँछन् । सकेसम्म मदिरा नपिएकै राम्रो । तर पिउनै परे पनि सलादको मात्रा बढाउने र मदिरा सेवन गर्नुअघि पर्याप्त पानी वा जुस सेवन गर्नुपर्छ । यसले मदिराको असर कम हुन्छ ।

– शारीरिक काम गर्नेधेरै मानिस दशैंमा आराम गरेर बिताउँछन् । तर टन्न मीठो मसिनो खाएपछि त्यस अनुरूप शारीरिक काम वा व्यायाम पनि गर्नु पर्दछ । अन्यथा खाएको कुरा पचाउन सकिँदैन । त्यसैले शारीरिक गतिविधिमा जोड दिनुपर्छ र व्यायामलाई निरन्तरता दिनुपर्छ ।

– यी कुरामा सावधानीखानपानका विषयमा धेरैले गर्ने गल्ती हो, एकसाथ धेरै परिकार बनाएर खाने । अझ यसमा माछा मासु, दुधदही, मिठाई, फलफूल सेवन गर्छौ । तर सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रासायनिक प्रतिक्रिया हुन्छ र फुड पोइजन हुनसक्छ । त्यसैले आपसमा खान नमिल्ने खानेकुरा खानु हुँदैन । यो पाचन प्रणालीको लागि घातक हुन्छ ।
– दही र फलकतिपयले दही र फल एकसाथ सेवन गर्छन् । अझ दही, फल मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । तर दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ ।

– कागती र दूधकागती र दूध यी दुवै फाइदाजनक छन् । तर अलग अलग खाँदा । दूध र कागती एकसाथ मिसाएर सेवन गर्दा स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले पेटमा समस्या पैदा गर्छ ।

– सलाद खानेदसैँमा माछा मासु लगायतका कुनै परिकार खाँदा अनिवार्य त्यस परिकार सङ्ग सलाद खानु पर्दछ । अन्यथा अपच हुनसक्छ ।