• आश्विन २० २०८१, आईतवार

रसायन तथा मेडिकल आपूर्ति सङ्घद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग

आश्विन २० २०८१, आईतवार

काठमाडौँ, २० असोज । रसायन तथा मेडिकल आपूर्ति सङ्घले जोरपाटीस्थित नेपाल अपाङ्ग सङ्घ नेपाल अर्थोपेडिक अस्पताललाई कुर्सी सहयोग गरेको छ ।

सङ्घले आफनो २०औँ वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बिरामी कुरुवाका लागि अत्यावश्यक कुर्सीहरु सहयोग गरेको सङ्घका अध्यक्ष भक्तबहादुर हमालले बताए ।

आज यहाँ आयोजित कार्यक्रममा अस्पतालका मेडिकल निर्देशक डा. कैलाश भण्डारीले सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता रहने अपेक्षा गरे । यस सहयोगले आफूहरुलाई सहज भएको विरामीका कुरुवा तथा आफन्तजनले खुसी व्यक्त गरेका छन् ।