• आश्विन २० २०८१, आईतवार

नारायणगढ–मुग्लिन सडकमा गुडिरहेका बसमा ढुङ्गा खस्दा ५ यात्रु घाइते

आश्विन २० २०८१, आईतवार

आश्विन २०, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका ६ स्थित टोपेखोलामा गुडिरहेको बसमा ढुङ्गा खस्दा ५ जना यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २७४५ नम्बरको बसमा शनिबार राति ८ बजेर १५ मिनेटमा ढुङ्गा खस्दा ५ जना यात्रु घाइते भएका हुन् । घाइते हुनेमा बर्दिया गेरुवा –४ बस्ने वर्ष ४० की प्रेमकला थापा सोही गाउँपालिका –३ वनकट्टी बस्ने ३१ वर्षका विकास शर्मा, सोही ठाउँकी ३० वर्षीया गीता पाण्डे रहेका छन् ।

यस्तै मुगुको खत्याड गाउँपालिका– ८ का ३७ वर्षीय हिरामणि संजेल र सोही ठाउँका वर्ष २४ का मोहन संजेल रहेका छन् ।उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था मध्यम रहेको चितवन प्रहरीले जनाएको छ ।

यस्तै सोही समयमा काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र.०६९००१ज ०२३६ नम्बरको माइक्रो बस र काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको बा.प्र. ०१९००६ ख ७०२३ नं.को बसमा समेत माथि बाट ढुङगा खसेको थियो । बसमा क्षति भएपनि मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।