• आश्विन १९ २०८१, शनिबार

हेटौंडाबाट ११ करोडभन्दा बढीको अवैध सुनसहित दुई भारतीय पक्राउ

आश्विन १९ २०८१, शनिबार

असोज १९, हेटौंडा । मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र भारतको महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने २७ वर्षीय राहुल भिट्टिहाल रहेका छन् ।

प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरूको साथमा ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० पैसा बराबरको अवैध सुन फेला परेको हो ।

स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट ८ वटा बिस्कुटको आकारको (तौल गर्दा ८ किलो २४३ ग्राम ९७० मिलिग्राम) सुन बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए ।