• आश्विन २० २०८१, आईतवार

सुनको मूल्य दिन प्रतिदिन उकालो लाग्दै, कतिमा हुँदैछ कारोबार ?

आश्विन १८ २०८१, शुक्रबार

असोज १८, काठमाडौं । आज सूनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ४ सयले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला तीसले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने एक हजार नौ सय ८० निर्धारण भएको छ ।