काठमाडौं । गत साता दुई दिन नेपालको विभिन्न ठाउँमा भारी वर्षा भयो । मौसम विभागका अनुसार जुन वर्षा ५ दशक यताकै भारी वर्षा हो भनेको छ । अति भारी वर्षाका कारण बाढी र पहिरोमा पुरिएर राजधानी काठमाडौं उपत्यका लगायत देशभर २३२ जनाले ज्यान गुमाए भने ९९ जना अझै पनि वेपत्ता छन् । काठमाडौं उपत्यकामा मात्रै बाढी र पहिरोमा परेर ६६ जनाको मृत्यु भयो ।
यो वर्ष असोज १६ (अक्टोबर २) गते मनसुन बाहिरिने प्रक्षेपण भइरहँदा असोज ११ र १२ गते देशव्यापी रूपमा ठूलो वर्षा भएको थियो। २०८१ सालको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान अनुरूप नै गतसाताको मध्यमै अर्थात् पछिल्लो मनसुनी वर्षा सुरु नहुँदै सामान्यभन्दा १०३ प्रतिशत वर्षा भएको थियो । यो वर्ष नेपालमा मनसुनको अवधिमा १,४७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर मानिनेमा हालसम्म १७१६.३ मिलिमिटर वर्षा भइसकेको छ ।
यो पटकको भारी वर्षाले ठाउँ–ठाउँमा राजमार्ग नै बाढीले बगायो भने पहिरोका कारण यातायात समेत अबरुद्ध बन्न पुग्यो । दुई दिनमा यति धेरै वर्षा भयो कि काठमाडौंको बागमती, मनोहरा, नख्खु, हनुमन्तेमा पानीको उच्च बहावसँगै नदी वरपरका आसपासको घर जलमग्न भए । काठमाडौं उपत्यकामा यति धेरै वर्षा भयो कि केही वर्षा मापन केन्द्रमा रेकर्ड नै तोडिएको थियो । सबैभन्दा बढी वर्षा ललितपुरको चापागाउँमा भएको थियो । त्यहाँ २४ घण्टाको अवधिमा ३२३ मिलिमिटर वर्षा भएको छ । यसअघि सन् २००२ मा २०० मिलिमिटर वर्षा भएको रेकर्ड थियो ।
काठमाडौंको पानीपोखरीमा पनि ५३ वर्ष पुरानो रेकर्ड तोडिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार पानीपोखरीमा सन् १९७१ मा १९८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो, यसपटक २२५.२ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नैकाप, नागार्जुन, चाँगुनारायण, बूढानीलकण्ठ, खोकना, जितपुरफेँदी र नङ्खेलमा पनि वर्षाको पुरानो रेकर्ड तोडिएको छ ।
अब लागौ दुई दिनको बिचमा परेको वर्षाले किन धेरै क्षति पु¥यायो त भन्ने प्रश्नमा ? यस अघि पनि काठमाडौंमा चार पाँच दिनसम्म वर्षा हुँदा सामान्य डुबान बाहेक खासै क्षति हुदैन थियो । तर अहिले किन यति धेरै ठुलो क्षति ब्यहोर्नु पर्यो त भन्ने जिज्ञासा हुन सक्छ । पहिला पनि वर्षा त निरन्तर भइरहेकै हुन्थ्यो तर यति धेरै क्षति भने लामो समयपछि यो वर्ष हुन पुग्यो । अहिले देशभर २५ वटा ठाउँमा वर्षाले रेकर्ड ब्रेक गरेको मौसम विभागले तथ्यांक निकालिसकेको छ । मौसम विभागको तथ्याङ्क हेर्दा मकवानपुरको दामनमा अहिलेसम्मको सर्वाधिक ४१० मिलिमिटर वर्षा भयो । यो भन्दा अघि सन् १९९३ मा ३७३.२ मिलिमिटर वर्षा भएको थियो । अहिले आएर त्यसको रेकर्ड ब्रेक भएको छ ।
वर्षा बारे जान्न अब लागौ कति वर्षाको मापन तिर । आकाशबाट परेको पानीको मात्राअनुसार वर्षालाई पाँचवटा वर्गमा विभाजन गरिन्छ – हल्का वर्षा, मध्यम वर्षा, सामान्य वर्षा, भारी वर्षा र अति भारी वर्षा गरी मौसम विभागले वर्षाको मापन गर्ने गर्दछ। जस्तो १० मिलमिटर भन्दा कम वर्षा भयो भने हल्का वर्षा भन्ने हुन्छ । १० देखि ५० मिलिमिटर वर्षा भयो भने मधयम वर्षाको रुपमा लिइने गरिन्छ । ५० देखि १०० सम्म पनि सामानय वर्षाकै रुपमा मानिन्छ । १ सयदेखि २ सय मिलिमिटर वर्षा भयो भने भारी वर्षा भन्ने चलन छ । २ सय भन्दामाथि गएमा अतिभारी वर्षा भन्ने गरिन्छ ।
जस्तो वर्षा यति मिलिमिटर माथि गएपछि पहिरो जान्छ भनेर रातो चिन्ह लगाएर सर्तकता अपनाउने गरिन्छ । जस्तो एक घण्टामा ६० मिलिमिटर वर्षा भयो भने अलर्ट गर्ने गरिन्छ । दुई घण्टासम्म जादाँ ८० मिलमिटर भयो । ६ घण्टासम्म जादाँ १०० मिलमिटर भयो । २४ घण्टामा १४० मिलमिटर औसत रुपमा वर्षा भयो भने नेपालको सन्दर्भमा त्यति बेलाचाँही अलर्ट रहनुपर्छ भन्ने मौसमविद्को भनाई छ । मौसम विभागले सूचना निकाले सतर्कता रहन आग्रह गर्ने गर्दछ ।
नेपालमा गत साता भएको वर्षा भारी वर्षा हो । तथ्यांकले नै धेरै ठाउँमा अति भारी वर्षा भएको देखिन्छ । जस्तो काभ्रको खोपासी र ललितपुरको गोदावरीमा ३ सय मिलमिटर भन्दा बढी वर्षा भयो । यी दुई ठाउँ नजिकै पर्छन् । अहिले परेको वर्षा धेरै ठाउँमा एकै पटक अति भारी वर्षा भएको छ । पहिला कुनै ठाउँमा भारी वर्षा हुँदा कुनै ठाउँमा मध्यम र हल्का वर्षा हुन्थ्यो । त्यति बेला क्षति कम हुन्थ्यो । तर अहिले के भयो भने सबैतिर एक साथ भारी वर्षा भयो ।सबै ठाउँबाट बग्ने पानी एकीकृत भएर बग्दा ठुलो रुप लिन पुग्यो । काठमाडौं उपत्यकामा खोलाको बगर मासेर साँघुरिदै गएको खोलामा तिब्र गतिमा पानीको बहाव आउँदा त्यसले धेरै ठाउँमा क्षति पुर्यायो । यदि खोलाको बाटो नमिचिएको भए यति धेरै डुबान र मानवीय क्षति हुदैनथ्यो । जस्तो हामीले २० वर्ष अघिको र अहिलेको खोलाको नक्सा हेर्यो भने पनि हामीले खोलाको आकार बारे जानकारी पाउन सक्छौ ।
अहिलको यो वर्षाले किन यति धेरै क्षति पु¥यायो त ?
मनसुन शुरु हुने बेलामा परेको पानी जमिनले धेरै सोस्छ । सुख्खा भएको बेलामा पानी पर्दा जमिनले सजिलैसँगै सोस्ने गर्छ । तर, अहिले मनसुन सकिन लाग्दा सबै मूल फुटिसकेको र जमिनमा पनि पानी रिचार्ज भइसकेको हुदाँ यति ठूलो पानी पर्दा धेरै ठाउँमा क्षति हुन पुग्यो । अर्को कारण खोला नजिक बस्ति बढ्नु पनि ठूलो क्षति हुनुको अर्को कारण हो । २० वर्षअघि खोलाको बगर रहेको ठाउँमा अहिले बस्ति बस्दा खालाले ठाउँ लिदाँ मानवीय तथा भौतिक क्षति हुन पुगेको हो ।
बगर हुदाँ खोला छरिएर बग्थ्यो । खोला मिच्दै जादाँ खोलाको ठाउँ सानो हुदाँ ठूलो पानी आउँदा पानीको प्रेसर सिर्जना हुँदा खोलाले त्यहीबाट भत्काउने, बगाउने गर्दै लग्यो । सामान्यतः पानी आउँदा आफ्नो गति मिलाएर आउँछ। खोला नागबेली पर्दै आउनुले पानीले आफ्नो गति नियन्त्रण गर्दै आएको बुझिन्छ । त्यसो हुँदा तलतल आउँदै गर्दा पानी ठूलो ठाउँमा फैलन्छ र शान्त हुन्छ । तर अहिले खोलाहरू पहिलेको अवस्थामा छैनन्, न त ‘कमन पोइन्ट’ नै छन् । किनभने खोला फैलेर आइपुग्ने ठाउँलाई नै हामीले खुम्च्याइदिएका छौँ । जुन कारणले अहिले धरै क्षति हुन पुग्यो । त्यसमाथि मनसुनको अन्त्यको पानी हो यो। जति भिज्नुपर्ने जमिन हो, त्यो पहिल्यै भिजेको थियो । सुख्खा ठाउँ बाँकी थिएन । त्यसो हुँदा वरपरको पानी एकै ठाउँमा वेगसाथ आयो, हामीले खुम्च्याइदिएको साँघुरो खोलामा त्यो पानी आइपुग्यो । त्यही पानीले तल्लो तहमा बढी क्षति पु¥यायो, जसबाट भौतिकसँगै धेरै मानवीय क्षति भयो ।
जस्तो अकोै विभिन्न जलशाय भरिएको ड्याम खोल्दा यति ठूलो प्रेसरमा बाढी फुट्यो जसले ठूलो मानवीय र भौतिक क्षति हुन पुग्यो । वर्षासँगै पानी मात्रै बगेन, भौतिक संरचनाहरु पनि बगे, पुल बग्यो पहिरो र गेग्रान माटो पनि सँगै बग्यो । जसले बाढीको बहावलाई बढाउन थप मद्धत पुग्यो । जति तल पुग्यो पानीको बहाव उति उच्च हुँदै गयो । जसले धेरै ठाउँमा धनजनको क्षति हुन पुगेको देखिन्छ ।
अर्को कारण बगेको पानीमा सेडिमेन्ट (माटो, बालुवा, ढुंगाको धुलो) मिसिनासाथ त्यसको क्षति गर्ने शक्ति सेडिमेन्टको मात्रा हेरी २, ४ र १६ गुणाले सम्म बढ्न जान्छ । लेदोयुक्त पानी जति बाक्लो भयो, त्यसको क्षति गर्ने शक्ति उति नै बढी हुन्छ । सिमलताल दुर्घटनामा दुई वटा बस नदीमा पुगेर बेपत्ता हुनुलाई पनि गेग्रान र लेदो माटो नै हो ।
गाउँ–गाउँमा पुग्ने कृषि सडक र त्यो सडकमा पानी परेसँगै जाने पहिरोका कारण पनि क्षति पुग्यो । यस्तो बेलामा गाडी मात्रै चल्न नदिएको भए पहिरोमा पुरेर धेरैले ज्यान गुमाउनु पर्दैन थियो । जस्तो काठमाडौं र धादिङ सिमाना नजिक झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३५ जनाको ज्यान जानुको एउटा कारण भर्खरै खोतलिएको पहिरो र ठाउँ–ठाउँमा पहिरोका कारण राजमार्ग ठप्प हुँदा गाडीमा यात्रारत यात्रु पुरिन पुगे ।
कसरी पर्छ त पानी ?
पानी पर्ने कुरा धेरै अगाडीदेखि थाहा हुने कुरा हो । यो समयमा पानी पर्छ भनेर पहिल्यै अनुमान लगाउन सकिन्छ । बादल र हावाको गतिको कारणले पानी पर्छ । बादल कसरी बन्छ त ? समुन्द्रको पानी र तापक्रमले गर्दा हावाको रुपमा माथि गएर बादल बन्ने गर्छ । जहाँ पानी छ त्यो ढिलो सेलाउँछ,जमिन भएको ठाउँ छिटो तात्छ छिटो सेलाउँछ । त्यसकारण हावाको गतिमा यसले प्रभाव पार्छ । जहाँ तातो बढी भएको ठाउँमा हावाको चाप कम हुन्छ । जसलाई भन्दा न्यूनचापीय क्षेत्र भनेर भन्ने गरिन्छ । नेपालमा दुई ठाउँबाट मनसुन भित्रने गर्छ । एउटा बंगालको खाडी र अर्को अरबियन समुन्द्रबाट मनसुन आउँछ । मनसुन हिन्द महासागरबाट आउँछ भने हिउँदे वर्षा पश्चिमी वायुले ल्याउँछ । अहिले हिन्द महासागर केही तातेकोले यसले त्यहाँ उत्पन्न हुने वायुको चाप हुनुपर्ने मात्रामा उच्च हुन दिँदैन ।
मनसुन भनेको सामान्य शब्दमा भन्नुपर्दा हावा वहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन हुँदा भारी वर्षा गराउन वा सुक्खा पनि गर्न सक्छ । मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एसियामा सम्बन्धित छ । तर, संयुक्त राज्य अमेरिका र अन्य उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पनि मनसुन देखा पर्छ । मनसुन शब्दको उत्पत्ति अरबिक भाषामा हावाको मौसम अर्थात् ‘मउसिम’बाट भएको हो । मनसुन हावाको दिशा परिवर्तन हो । ऋतु परिवर्तन भएसँगै जमिन र समुद्री तापक्रममा हुने फेरबदलले हावाको दिशा परिवर्तन हुने मौसमविद् शर्माको भनाई छ । भारतीय उपमहाद्धीपमा प्रिमनसुनको अवधिको उच्च तापमानले न्यून चापीय क्षेत्र बनेको हुने र सो क्षेत्रबाट बगेर मनसुनी हावा नेपालसम्म आउने गर्दछ ।
गर्मीयामको समयमा पानीको सतह भन्दा छिटो जमिन तात्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर वहन्छ । यसरी गर्मीयाममा जमिनबाट निस्कने तातो हावाले हावाको दिशा उल्टो हुने अवस्था सिर्जना गर्छ । मनसुन अगाडिको अवधिमा नेपालमाथि माथिल्लो वायुमण्डलमा हुने उच्च वेगको हावा विस्तारै उत्तरमा तिब्बती पठारतिर सर्ने र मनसुन प्रवेश गर्दछ । नेपालमा न्यून चापीय क्षेत्रको प्रभावले वर्षा गराउने गर्छ । न्यून चापीय क्षेत्र (लोवर प्रेसर एरिया) भनेको हावाको तह पातलो भएको ठाउँ वा क्षेत्र हो । यस किसिमको हावा पातलो भएको ठाउँतिर बाहिरबाट आएको हावा जान्छ । त्यहाँ त्यो हावाले आफूसँगै ल्याएको वाफ चिसो बनाउँछ, बादल उत्पन्न गर्छ र पानी पार्छ । न्यून चापीय क्षेत्र जता हुन्छ मनसुनी हावा त्यतै तिर जाने र पानी पर्ने सम्भावना बढेर जाने गर्दछ ।
यसले मनसुनलाई कमजोर बनाउँदै लाने सम्भावना बढेको छ । दक्षिणबाट बग्दै आएको मनसुनी तातो हावा तिब्बत तिर जान खोज्छ जहाँ ठूला ठूला पहाड छन् । जति माथि पुग्छ त्यति गह्रुङ्गो बादल माथि जान सक्दैन । न्यून चापीय क्षेत्रमा पुग्दा बादल हिमाललाई नाघेर जान नसकेपछि वर्षा उत्पन्न हुने गर्छ । बादलमा छिद्रता(पानीको मात्रा) रहेको हुन्छ जुन माथिमाथि जादाँ गह्रुङ्गो भएर माथि पुग्छ । हिमाल चढ्दै जादाँ त्यो बादल पानीमा रुपान्तरण हुन्छ । त्यो संघर्ष जारी रहदाँ पानी वर्षन्छ । भूमध्ये सागरबाट बगेर आउने मनसुनको बहावले नेपालमा वर्षा गराउने गर्छ । दक्षिण एसियामा हेर्दा मार्चदेखि मे सम्म जमिन धेरै तातेको हुन्छ । मनसुन भन्ने समयमा पूर्वबाट पश्चिम तिर बगेको हुन्छ । मनसुन औसत जुन १३ देखि अक्टुबर २ सम्म मानिन्छ ।