• आश्विन १८ २०८१, शुक्रबार

दसैँमा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई विशेष ध्यान

आश्विन १८ २०८१, शुक्रबार

दसैँमा रमाइलो गर्ने, खाने पिउने खुसी र उमंगको चाड हो ।  तर, उत्साहमा हामीले स्वास्थ्यमा त्यति ख्याल राख्दैनौँ ।

दसैँमा अधिकांशको भान्छामा मासुको परिकार पाक्छ । मसला कम हालेको मासु खानुपर्छ । मासुमा चिल्लो धेरै हुने भएकाले थोरै मात्रामा खानुपर्छ । मासुसँगै हरियो तरकारी खानुपर्छ, जसले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । मासुलाई एकैपटक पकाएर फ्रिजमा राखेर निकाल्दै तताउँदै खानु हुँदैन । यसरी खाँदा पोषण पनि हुँदैन ।

नपकाएको मासु फ्रिजमा राख्ने अनि आवश्यक मात्रामा पकाएर खानुपर्छ । पकाएको बासी मासुको प्रयोग गर्नु हुँदैन । पेट ढुस्स भयो भने छाक छोड्नुपर्छ । कोचेर मासु खानु हुँदैन ।

दिनको तीन पटक मासु, तीन पटक मदिरा, जंक फुड खानु हुँदैन । मधुमेह, उच्च रक्तचाप, युरिक एसिडजस्ता रोग लाग्छ । मासु र मदिरा एकै पटक सेवन नगर्ने । थोरै मदिरा सेवन गर्दा फाइदा हुन्छ भन्ने यो सत्य होइन । यो विष नै हो । यसले कलेजो बिगार्छ । मोटोपन भएकाले कम मात्रामा मासु खानुपर्छ । मोटोपन बढ्यो भने झन् रोग बढ्दै जान्छ । पातलो शरीर भएकाले अपच हुनेगरी खानु हुँदैन । त्यसैले सावधानी अपनाएर खानुपर्छ ।

दसैँमा बालबालिकाले जंक फुड र कोल्ड ड्रिङ्क्सको धेरै प्रयोग गर्ने गरेका छन् । बुबाआमाले बालबालिकाको विशेष ध्यान दिनुपर्छ । जंक फुडमा नुन धेरै मिसिएको हुन्छ । त्यस्तै, कोल्ड ड्रिङ्क्समा चिनी धेरै मिसिएको हुन्छ । यसले मुटु र मिर्गौलालाई असर गर्छ । बालबालिकामा पेट दुख्ने बान्ता आउने समस्या हुन्छ । त्यसैले अभिभावकले बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष ख्याल गर्नुपर्छ ।