• आश्विन १८ २०८१, शुक्रबार

चीनमा एआई डाक्टरद्वारा उपचार

आश्विन १८ २०८१, शुक्रबार

चीनले एआई अस्पताल बनाएर अर्को चमत्कार गरेको छ । त्यहाँ रोबोटले विरामीको उपचार गर्छन् । ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को यो पछिल्लो आश्चर्यजनक प्रयोग हो । यस भन्दा पहिले अन्य काममा एआईको प्रयोग भएको थियो ।

एआईको चिनियाँ प्रयोगले एउटा प्रश्न पनि साथमा उब्जाएको छ । त्यो हो, के एआईको विकास र व्यवस्थापन जीवित मानवसरह हुन पुगेको हो । मानसको स्वस्थ्यजस्तो काममा एआईले हात हाल्नु संवेदशील कुरा हो ।

यसले विश्वकै र मानव जातिकै सिंगो आयाममा तरङ्ग उत्पन्न गरिरहेको छ । अब त स्वास्थ्यसेवाको क्षेत्र पनि एआईको करामतबाट अछुतो रहन सकेन । अस्पतालमा भर्चुअल विरामीहरुलाई एआई डाक्टरले उपचार गर्दछन् ।

उक्त भर्चुअल संसारमा सबै डाक्टर, नर्स तथा बिरामीहरु एआईबाट सञ्चालित छन् । ती सबै स्वचालित रूपमा अन्तरक्रिया गरेर काम गरिरहेका छन् ।

हालसम्म एआई डाक्टरहरूले थोरै दिन लगाएर हजारौं बिरामीको उपचार गर्न सक्दछन् । भनिन्छ त्यतिकै संख्यामा रहेका डाक्टरले त्यही काम गर्न २ वर्षभन्दा बढी लाग्छ ।

यो भन्दा पहिले चीनले स्टानफोर्डको एआई सहर बसाल्यो । मानसजस्तै ! त्यहाँ २५ जना इन्टेलिजेन्स एजेन्टहरु बसोबास गगरे । उनका बीचमा सामाजिकीकरणका अभ्यास पन भए । यी र यस्ता पप्रययोग गर्दै चीनले अहिले एआई अस्पताल शहरको विकास गरिसकेका छन् ।

अचम्मको कुरा त के छ भने एआई रोबोट डाक्टरहरुले अमेरिकी चिकित्सा लाइसेन्स परीक्षाका प्रश्नहरुको समाधान गर्दाा ९३.०६ प्रतिशत सफलता हासिल गरेका छन् ।

एआई डाक्टरहरुले बिरामीहरुसँग परामर्श, परीक्षण, रोगको निदान र उपचार तथा फलोअप आदि सबै काम सजिलै गरिदिन्छन् । बिरामीहरु वास्तविक र डाक्टरहरु भर्चुअल भएको अवस्थामा बिरामीहरुलाई अनलाइन टेलिमेडिसिन सेवा प्रदान गर्न सकिन्छ ।