• मंसिर १४ २०८१, शुक्रबार

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

आश्विन १७ २०८१, बिहीबार

१७ असोज, झापा। हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ ।

स्थानीय रणकाली सामुदायिक वनबाट घाँस काटेर घर फर्किने क्रममा ६५ वर्षीय गुरुङलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले आज बिहान जङ्गलबाट घाँस काटेर घर फर्कने क्रममा हात्तीले गुरुङलाई आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

‘जङ्गली हात्तीले लछारपछार पारी कुल्चिँदा गुरुङको मृत्यु भएको खबर पाएका थियौँ । खबर पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो’, सूचना अधिकारी चन्दले भने, ‘घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षित राखेका छौँ। मृतकको शव परिवारलाई बुझाउन कानुनी प्रक्रिया भइरहेको छ।’