• मंसिर १४ २०८१, शुक्रबार

ओमानविरूद्ध कप्तान रोहितको अर्धशतकमा नेपालले बनायो १५७ रन

आश्विन १७ २०८१, बिहीबार

काठमाडौं, असोज १७ । क्यानडा टी–२० सिरिजअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरूद्ध ७ विकेटको क्षतिमा १५७ रन जोडेको छ । टस जितेको ओमानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरे ।

उनले नटआउट ५६ रन जोडे । रोहितले ४४ बलमा २ चौका र ४ छक्का प्रहार गरे । सोमपाल कामी ३ रनमा नटआउट रह शे।त्यसअघि सुरुवाती पाँच बल खेलेका ओपनर अनिलकुमार साह एक चौका र एक छक्का प्रहार गर्दै ११ रनमा आउट भए ।

ऋर्का ओपनर आसिफ शेखले १४ बलमा १६ रन र देव खनालले १८ बलमा १८ रनको योगदान गरे । कुशल मल्ल २६ बलमा १९ रन जोड्दा कुनै बाउन्ड्री प्रहार नगरी आउट भए ।  गुल्सन झा २ रन र दीपेन्द्रसिंह ऐरी १ रनमै आउट भएका थिए ।

कुशल भुर्तेलले ४ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रन जोड्न सके ।  बलिङमा ओमानका फयज बटले ३ विकेट लिए । उनले चार ओभरमा २३ रन रन खर्चिए । सिरिजमा नेपालले घरेलु टोली क्यानडाविरूद्धका दुवै खेल गुमाउँदा ओमानलाई पराजित गरेको थियो ।