१६ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसदहरुले १५ दिनको तलब बाढी पहिरो पीतिहरुलाई दिने भएका छन् । प्रमुख सचेतक मेटमणि चौधरीले संसद् सचिवालयलाई आफ्ना सांसदहरुको १५ दिनको तलब उद्धार कोषमा राखिदिन पत्राचार गरेका छन् । ‘हाम्रो पार्टीका प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सांसदहरुको पार्टी लेवी र करकट्टी रकम कट्टा गरी बाँकी हुन आउने १५ दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिदिने व्यवस्था गरिदिनु हुन अनुरोध छ’, चौधरीले पत्र लेखेका छन् ।