काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक बोलाएको छ । सचिवालय बैठक ११ बजे र दलको बैठक १२ बजे बस्नेगरी बोलाएको नेताहरूले बताएका छन् ।
सचिवालय बैठक सिंहदरबार नजिकै रहेको बसेरा होटलमा बस्नेगरी बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार गत शनिबार आएको बाढीका कारण केन्द्रीय कार्यालयमा क्षति भएपछि सचिवालय बैठक बसेरा होटलमा बस्नेगरी बोलाएको अधिकारीले जानकरी दिए । त्यसैगरी संसदीय दलको बैठक सिहंदरबारमा बस्नेगरी बोलाइएको सांसद ठाकुर गैरेले जानकारी दिए ।
दुवै बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमण, बाढीपहिरोलगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ ।
दलको बैठकमार्फत बाढीपहिरो तथा डुवान पीडितलाई सांसदहरूको पारिश्रमिकबाट केही रकम राहत कोषमा जम्मा गर्ने निर्णय गर्नसक्ने एक सांसदले जानकारी दिए ।