• आश्विन १४ २०८१, सोमबार

हवाई हमलामा हमासका नेता मारिए

आश्विन १४ २०८१, सोमबार

बेरुत । इजरायलले दक्षिण लेबनानमा गरेको हवाई हमलामा परेर प्यालेष्टिनी सशस्त्र समूह हमासको नेताको मृत्यु भएको छ । हमासले बताएअनुसार लेबनानमा समूहका नेता फतेह शरिफ अबु एल–अमिन मारिएका छन् ।
दक्षिण लेबनानको अल बस शिबिरमा रहेको घरमा उनी मारिएको हमासले बताएको छ । हमास खासगरी गाजा केन्द्रित सशस्त्र समूह हो । तर लेबनानमा पनि यसको उपस्थिति राम्रै छ ।

हमास र हेजबुल्लाह दुबै इरानको सहयोगमा चल्ने समूह हुन् । इजरायली आक्रमणमा परेर मध्य बेरुतमा आफ्ना तीन नेता मारिएको पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेष्टाइन सशस्त्र समूहले बताएको छ ।