• आश्विन १४ २०८१, सोमबार

राहत तथा उद्धारलाई तीव्रता दिनेबारे कांग्रेस बैठकमा छलफल

आश्विन १४ २०८१, सोमबार

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगन थापाको संयोजकत्वमा राहत तथा उद्धार कार्यलाई तीव्रता दिनेबारे छलफल अहिले जारी छ ।
पार्टी कार्यालय सानेपामा बैठक जारी रहेको बैठकमा सहभागी नेता किरण गिरीले जानकारी दिए । बैठकमा कांग्रेसका भातृ संस्थाहरू नेपाल तरुण दल‚ नेपाल विद्यार्थी सङ्घ‚ महिला सङ्घ पनि सहभागी छन् । यस्तै कांग्रेसमा आस्थावान् डाक्टर तथा इन्जिनियरहरू पनि बैठकमा सहभागी छन् ।

बैठकमा देशभर गएको बाढी पहिरोमा परि समस्यामा परेका जनताहरूको राहत तथा उद्धारको विषयमा छलफल भइरहेको छ ।