• आश्विन १४ २०८१, सोमबार

काँचो प्याज खानुका फाइदा

आश्विन १४ २०८१, सोमबार

गर्मी मौसममा मानिसहरु प्रायः काँचो प्याज खान रुचाउँछन्, किनकि यसले गर्मीबाट बचाउनुका साथै धेरै रोगबाट पनि बचाउन सक्छ ।

तपाईंले तरकारीमा प्याज प्रयोग गरिरहनुभएको होला र काँचो पनि खाइरहनुभएको होला तर के तपाईंलाई यसको फाइदाबारे थाहा छ ? स्वास्थ्य विज्ञहरूका अनुसार काँचो प्याज खाँदा उच्च रक्तचापदेखि क्यान्सर र मुटु जस्ता रोगको जोखिम कम हुन्छ । सन् १९९० मा अमेरिकामा भएको एक अध्ययनमा काँचो प्याज खाँदा मुटुसँग सम्बन्धित रोग निको हुने दाबी गरिएको थियो ।  प्याज खानेमा क्यान्सरजस्ता गम्भीर रोग लाग्ने सम्भावना कम हुने धेरै अध्ययनमा दाबी गरिएको छ ।

यस्ता छन् काँचो प्याजका खास ५ फाइदा
१) प्याजमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटासियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरोगी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँचो प्याज खाँदा पाचन शक्तिमा सहयोग पुग्छ।

२) काँचो प्याजले एन्टिब्याक्टेरियाको पनि काम गर्छ। यसले हाम्रो शरीरमा ब्याक्टेरिया र भाइरसलाई बढ्न दिँदैन। साथै रुघा लाग्नबाट पनि हामीलाई बचाउँछ।

३) लूबाट बच्न पनि प्याज अचूक औषधि हो। गर्मीमा लामो यात्रामा निस्किनु छ भने सलादको रुपमा खानासँग काँचो प्याज अवश्य खानुस्। यसले शरीरमा पानीको कमी हुनबाट पनि बचाउँछ।

४) दिउँसोको खानाको साथमा काँचो प्याज नियमित खाने गर्नाले रगतमा सुगरको मात्रा बढ्न दिँदैन। यसले शरीरमा क्यान्सरजस्तोे घातक रोगका लागि सेलको विकास हुनबाट रोक्छ।

५) काँचो प्याज अनुहारका लागि पनि उपयोगी हुन्छ। काँचो प्याज लगाउने हो भने केही समयमै अनुहारको दाग हटेर जान्छ। साथै काँचो प्याजको सेवनले शरीरमा ब्लड सर्कुलेसन बढाउँछ र शरीरमा भएको ड्यामेज सेल रिपेयर गर्न मद्दत पुग्छ।