• आश्विन १३ २०८१, आईतवार

विपद्मा घाइते भएकालाई सरकारी अस्पतालमा नि : शुल्क उपचार

आश्विन १३ २०८१, आईतवार

१३ असोज, काठमाडौं । विपद्मा परेर घाइते भएकाहरुलाई निस् शुल्क उपचारको व्यवस्था मिलाइएको छ । बाढी, पहिरोमा परेर घाइते भएकाहरुको सरकारी अस्पताल र ट्रमा सेन्टरमा निस्शुल्क उपचारको व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयको विपद् तथा द्धन्द्ध व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. भिष्मकुमार भुसालले अहिलेसम्म निस्शुल्क उपचार गरेर २५ जना डिस्चार्ज समेत भइसकेको बताए ।

अहिले पनि २४ जना उपचाररत रहेकोमा ४ जनाको अवस्था भने गम्भीर रहेको उनले बताए । शुक्रबार र शनिबार आएको वर्षाका कारण ठूलो जनधनको क्षतिको भएको छ । क्षतिको विवरण संकलनको काम भइरहेकोले मृतक तथा बेपत्ता र घाइतेहरुको संख्या पनि बढ्ने क्रम जारी छ ।