• आश्विन १३ २०८१, आईतवार

नेपालले आज ओमानसँग खेल्दै

आश्विन १३ २०८१, आईतवार

१३ असोज, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेल आज ओमानसँग खेल्दैछ । नेपाल–ओमानको खेल किंस सिटी मैलानमा आज राति पौने ९ बजे हुनेछ । आईसीसी विश्वकप लिग २ खेल्न गएको नेपाली टोलीले क्यानडामा निरन्तर कमजोर प्रदर्शन गरेको छ ।

लिग २ का ४ मध्ये तीनमा हार र एक खेल नतिजाविहीन भएको नेपाल टी–२० सिरिजको पहिलो खेलमा पनि पराजित भयो । शनिबार राति भएको खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०९ रनमा अल आउट भयो ।