• आश्विन १३ २०८१, आईतवार

सिंहदरबारमा सर्वदलीय बैठक जारी

आश्विन १३ २०८१, आईतवार

कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा चलिरहेको छ । देशभर बाढीपहिरोले व्यापक जनधनको क्षति गरेपछि आइबार सर्वदलीय बैठक बसेको हो । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरू र स्वतन्त्र सांसदसमेत सहभागी छन् ।

बाढीपहिरोपछि उत्पन्न परिस्थितिबारे एकजुटता देखाउन र सरकारको काममा सहयोग र्पुयाउन यो बैठक बोलाइएको हो । सरकारले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बाढीपहिरोमा परेर १२९ जनाको मृत्यु भएको छ भने ६२ जना बेपत्ता छन् ।