• आश्विन १२ २०८१, शनिबार

युक्रेनविरुद्ध लड्न चीनले रुसलाई हतियार दिएको अमेरिकाको गुनासो

आश्विन १२ २०८१, शनिबार

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनालाई युद्ध सामाग्री निर्यात गरेको आरोप लगाउँदै शुक्रबार युक्रेनमा शान्ति स्थापना गर्ने चीनको मनसायप्रति प्रश्न उठाएका छन् ।

ब्लिन्केनले संयुक्त राष्ट्र महासभाको क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा चीनको कूटनीतिक प्रगतीलाई श्रेय दिँदै ब्लिन्केनले अमेरिकाले रुसलाई युद्धका लागि आवश्यक सामग्री निर्यात गर्ने चीनको व्यवहारप्रति चिन्तनशील रहने र वासिङ्टनले थप प्रतिबन्धहरू लगाउन सक्ने चेतावनी दिएका छन् ।

चीनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धनीतिलाई समर्थन गरिरहेको आरोप पनि लगाएका छन् ।
“बेइजिङले एकातर्फ आफूले शान्ति चाहने बताइरहेको छ, तर अर्कातिर द्वन्द्वको अन्त्य हेर्न चाहन्छ । यसले आफ्ना कम्पनीलाई कार्यहरू गर्न अनुमति दिइरहेको छ जसले वास्तवमा पुटिनलाई आक्रमण जारी राख्न मद्दत गरिरहेको छ, त्यो हुनु हुँदैन”, ब्लिन्केनले पत्रकार सम्मेलनमा भने ।
“हाम्रो उद्देश्य रूसलाई चीनबाट अलग गर्नु होइन । उनीहरूको सम्बन्ध उनीहरूको व्यवसाय हो तर चीनले रुसलाई युद्ध जारी राख्न आवश्यक पर्ने कुरा प्रदान गरिरहेको छ, यो हामी र अन्य धेरै देशका लागि समस्याको कुरा हो”, ब्लिन्केनले बताए ।

शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनले रुसलाई सैन्य उत्पादनका लागि आवश्यक ७० प्रतिशत मेसिन उपकरण र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स प्रदान गरेको छ जसमा रकेट र युद्ध सवारी साधनहरू समावेश छन् ।

बैठकका क्रममा वाबले युक्रेन द्वन्द्वमा चीनले सधै शान्ति र संवादको वकालत गर्ने र राजनीतिक समाधानका लागि काम गर्ने बताएको बेइजिङको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनले रुसलाई प्रत्यक्ष रूपमा हतियार उपलब्ध गराएको छैन र सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेनलाई अरबौं डलरको हतियार पठाएको अमेरिकाको विपरीत रहेको विज्ञप्तीमा जनाइएको छ ।

सुरक्षा परिषदको मङ्गलबार आयोजित एउटा सत्रमा वाबले भने ‘चीन युक्रेन सङ्कटको सृष्टिकर्ता होइन, न त हामी यसको पक्ष हौं’ भने चीन सधै शान्तिको पक्षमा उभिएको छ ।”