• आश्विन १२ २०८१, शनिबार

बाढी पसेपछि एपीवान एचडी टेलिभिजनको प्रसारण बन्द

आश्विन १२ २०८१, शनिबार

काठमडाैं । एपीवान एचडी टेलिभिजनको कार्यालयमा बाढी पसेपछि प्रसारण बन्द भएको छ। बिहीबारदेखि निरन्तर भइरहेको वर्षाले काठमाडौं उपत्यकासहित देशभर बाढी पहिरो आइरहेको छ।

काठमाडौंको थापाथली पछाडि रहेको कार्यालयमा शनिबार बिहान बाढी पसेको अन्नपूर्ण मिडिया नेटवर्कले जनाएको छ।
नेटवर्कका अनुसार शनिबार बिहान ७ बजेदेखि प्रसारण बन्द भएको हो।