• आश्विन १२ २०८१, शनिबार

त्रिशुली नदीमा आएको बाढीले दुइटा टिपर एउटा जिसिवी र एउटा स्काभेटर बगायो

आश्विन १२ २०८१, शनिबार

चितवन । त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका दुइटा टिपर एउटा जिसिवी र एउटा स्काभेटर बगाएको छ ।

चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिकाको सिमाना क्षेत्रमा रहेको यो ठाउँमा नदीमा कामका लागि राखिएका अन्य स्काभेटर र टिपर पनि बगाउने जोखिममा छन् ।

यी साधनलाई नदीको पानीले घेरेको छ । पानीको बहाब बढ्दै जाँदा बगाउने जोखिम देखिएको छ । सो स्थानमा मान्छे भने नरहेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।