• आश्विन ११ २०८१, शुक्रबार

बुढानीलकण्ठको बन्द घरमा भेटियो हतियार

आश्विन ११ २०८१, शुक्रबार

११ असोज, काठमाडौं। बुढानीलकण्ठस्थित एक घरमा कम्तिमा ४ थान हतियार भेटिएको छ । घरधनीले बताए अनुसार घर भाडामा दिइएको थियो । तर दुई वर्षदेखि बन्द अवस्था थियो । भाडामा लिएको व्यक्तिसम्पर्कमा नआएपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा ताला फोडिएको थियो ।

त्यसक्रममा बाह्राबोर, एयर पेस्तोल सहितका हतियार भेटिएपछि प्रहरीलाई खबर गरेका हुन् । काठमाडौंमा एसएसपी बसन्त रजौरेले पनि केही हतियार बरामद भएको पुष्टि गरे । उनले अगाडि, ‘के हो भन्ने अनुसन्धान भइरहेको छ ।’