• आश्विन ११ २०८१, शुक्रबार

अमेरिकी राष्ट्रपति बाइडेनसँग प्रधानमन्त्री ओलीको भेट

आश्विन ११ २०८१, शुक्रबार

११ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि भेटेका छन् । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा ओलीले भेटेका हुन् ।