• आश्विन ११ २०८१, शुक्रबार

खराब मौसमका कारण हवाई सेवा प्रभावित

आश्विन ११ २०८१, शुक्रबार

११ असोज, काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका छन् । आजको माउण्टेन फ्लाइटहरु पनि रद्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर झरी पर्ने सम्भावना छ । शनिबारदेखि मात्रै मौसममा क्रमिक सुधार हुनेछ ।