• आश्विन ११ २०८१, शुक्रबार

भित्र न्याय परिषद्को बैठक, बाहिर झरीमा भिज्दै बारको धर्ना

आश्विन ११ २०८१, शुक्रबार

असोज ११, काठमाडौं । न्यायाधीश नियुक्तिको लागि न्याय परिषद्को बैठक बसिरहँदा नेपाल बार एसोसिएसनले धर्ना दिइरहेको छ । बारकी महासचिव अञ्जिता खनालका अनुसार बारले गैरसंवैधानिक न्याय परिषद् नियमावली खारेजीको माग गरेर धर्ना जारी राखेको हो ।

सर्वोच्चका मुख्य रजिस्ट्रार र न्याय सेवाका सचिवहरूलाई उच्च अदालतका अन्य न्यायाधीशभन्दा वरिष्ठताक्रममा अगाडि पार्ने प्रावधानसहित न्याय परिषद् नियमावली आएकाले सो सच्चिनुपर्ने माग राखेर बार आन्दोलित छ ।