• आश्विन ११ २०८१, शुक्रबार

घाँटी खसखस हुने समस्याबाट कसरी जोगिने?

आश्विन ११ २०८१, शुक्रबार

घाँटी खसखस हुने समस्याबाट यसरी जोगिन सकिन्छ :

– घाँटी खसखस गर्ने कारणहरु धेरै हुने भएकोले परीक्षण गरी कारण पत्ता लगाउनु पर्छ । नाँक कान घाँटी रोग विशेषज्ञ डाक्टरकहाँ गएर एन्डोस्कोपी गरेर हेर्नु पर्छ र चिकित्सकको परामर्शअनुसार उपचार गर्नुपर्छ ।

– खासगरी घाँटी खसखसको समस्याबाट बच्नका लागि वातावरण र खानेकुरामा विशेष ख्याल राख्नुपर्छ । प्रदूषित ठाउँमा धेरै नबस्ने, मद्यपान, धुम्रपानमा नियन्त्रण गर्ने, चिल्लो, पिरो धेरै नखाने गर्दा पनि यो समस्या कम हुँदै जान्छ ।

– परीक्षण गर्दा कुनैपनि कारण पत्ता लागेन भने मानसिक तनावले पनि घाँटी खसखस गरेको हुनसक्छ । त्यसैले धेरै तनाव र चिन्ता नलिने र मनोपरार्शदातासँग सल्लाह लिनुपर्छ ।

– एलर्जी भइराख्ने बिरामी र अमिलो पानी घाँटीमा पुग्दा अमिलो डकार आउनेजस्ता कारणले पनि घाँटी खसखस हुन सक्छ । यसको लागि ग्यास्ट्रिक सम्बन्धि विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नु पर्छ ।

– कोरोना संक्रमणको कारणले तथा पोष्ट कोभिड सिम्टमको रुपमा पनि घाँटी खसखस गर्ने समस्या हुने भएकाले कोरोना परीक्षण गर्नुपर्छ ।