• मंसिर ११ २०८१, मंगलवार

लगातार नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आश्विन ११ २०८१, शुक्रबार

असोज ११, काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ ।  आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।