• आश्विन ११ २०८१, शुक्रबार

तपाईको आनीबानी तपाईकै आँखाको रङबाटै थाहा पाउन सकिन्छ

आश्विन ११ २०८१, शुक्रबार

मानव शरिरको अभिन्न अंग हो आँखा । मानिसहरुको आँखाको नानीको रंङ्ग फरक–फरक हुने गर्दछ । कसैको कालो , कसैको निलो, कसैको खैरो त कसैकोे पहेलो ।

समुद्रशास्त्रका अनुसार आँखाको रंङ्गको माध्यमद्वारा मानिसको व्यवहार र भविष्यको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।

आँखाको नानीको रंङ्ग अनुसार तपाईको आनीबानी
कालो : कालो त्यस्तो पुरुष वा महिला जस्को आँखा कालो हुन्छ समाजका लागि उपयोगी हुन्छन् । उनीहरुलाई जीवनमा पैसाको कमि हुदैन ।

खैरो : खैरो आँखा भएका मानिसहरु अति चंचल स्वभाव र सुन्दर हुन्छन् । यस्ता मानिरहरु अति भावुक र कोमल स्वभावका हुन्छन् । यीनिहरुको बोलिमा भने नियन्त्रण हुदैन ।
निलो : निलो आँखा भएका मानिसहरु अत्यन्तै चलाख , अवसरवादी र सानदार व्यक्तित्वको धनी हुन्छन् । यीनिहरुको जीवन सुरुमा सामान्य हुन्छ तर जीवनमा निक्कै सफलता प्राप्त गर्दछन् ।

पहेँलो  : पहेँलो आँखाजुन व्यक्तिको आँखा घ्यू जस्तो पहेलो हुन्छन् उनीहरुको हृदय उदार हुन्छ । यीनिहरुमा ईश्वर प्रति गहिरो आस्था हुने गर्दछ । जस्लाई यीनिहरुको सहयोगको आवश्यकता पर्दछ यीनिहरु सहयोग गर्न पछि पर्दैनन् ।