• मंसिर १८ २०८१, मंगलवार

शक्ति राष्ट्रबीच किन बढिरहेछ परमाणु हतियारमा लगानीको होड ?

आश्विन १० २०८१, बिहीबार

काठमाडौं । दोस्रो विश्व युद्धपछि परमाणु हतियारमा लगानी गर्ने शक्ति राष्ट्रबीचे होडबाजी शुरु भयो । परमाणु र आणविक हतियार जो सँग धेरै हुन्छ उही बलियो र शक्तिशाली हुने देखिएपछि परमाणु हतियारमा शक्ति राष्ट्रको ध्यान केन्द्रित भएको हो ।

खास गरी ठूला राष्ट्रहरुले परमाणु हतियारमा लगानी बढाएको पाइन्छ । विश्वयुद्धको अन्तिम चरणमा अमेरिकाले जापानमा आणविक हतियार प्रयोग गरेर २ शहरलाई ध्वस्त बनाएपछि विश्वमा परमाणु हतियार बनाउने लहर चलेको हो । सन् १९३९ सेप्टेम्बरबाट परमाणु हतियारमा लगानी शुरु भएको थियो । नाजी जर्मनीले दोस्रो विश्व युद्ध ताका पोल्याण्डमाथि आक्रमण गर्यो र सहजै नियन्त्रणमा लियो । यो भन्दा पहिला नै जर्मनीले परमाणु हतियार बनाउने प्रयास शुरु गरेको थियो । सन् १९४२ मा परमाणु हतियार बनाउने योजनाका साथ अमेरिकाले मनाहटन परियोजना शुरु गरेको पाइन्छ । त्यसको तीन वर्षपछि अमेरिकाले परमाणुमा सफलता पनि हासिल गर्यो । सन् १९४५ जुलाई १६ मा पहिलो परमाणु हतियारको परीक्षण अमेरिकाले न्यू मेक्सीकोमा गरेको थियो । यो सफलतासँगै अमेरिका हौषियो र आणविक हतियारमा उसले निरन्तर लगानी गरिरहेको छ । अहिले विश्वमा दोस्रो ठूलो परमाणु हतियार भएको देशको रुपमा अमेरिकालाई चिनिन्छ ।

त्यसो त दोस्रो विश्व युद्धपछि परमाणु हतियार बिना युद्ध लड्न नसकिने निष्कर्शसहित रुसले पनि परमाणु हतियारमा जोड दिएको पाइन्छ । रुस अहिलेको अबस्थासम्म परमाणु हतियार धेरै हुने देशको पहिलो नम्बरमा आउँछ । दोस्रो विश्व युद्धपछि विश्व दुई ध्रुवमा बाँडिएसँगै परमाणु हतियारमा लगानीमा विभिन्न देश लागि परेका हुन् । दोस्रो विश्व युद्धपछि एउटा ध्रुवको नेतृत्व अमेरिकाले ग¥यो भने अर्को धुवको नेतृत्व सोभियत संघ जो कम्युनिष्ट ब्लकले नेतृत्व लियो । यि दुई ध्रुबमा अट्न नसक्नेहरु भने तेस्रो विश्वमा रहे । जो कुनै पनि ध्रुबमा मिसिन चाहेनन् । जस्तो नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका जस्ता दक्षिण एसियाली मुलुकहरु यसमा रहे । दोस्रो विश्व युद्धपछि असंलग्नताको नीति अनुसार तटस्थ बस्ने नीति दक्षिण एसियाली मुलुकले लिएका थिए । अर्थात विकाशोन्मुख देशहरु दुई वटा ध्रुवमा बाँडिएनन् । अहिले पनि विश्वमा दुई ध्रुवले नेतृत्व गरिरहेको छ । दुई ध्रुवमा पनि आ–आफ्नो गठबन्धन गरिरहेका छन् । यो त रह्यो दुई ध्रुबका कुरा ।

अब हेरौ आणविक हतियार बारे । विगतलाई हेर्दा हेनरी ट्रमेन नै आणविक हतियार प्रयोग गर्न आदेश दिने आजसम्मको अन्तिम र शुरूको व्यक्ति हुन् । आणविक युगको शुरुआत अमेरिकाले नै गरेको हो । यसमा रुजवेल्टको बढी हात छ । आणविक कार्यक्रमको शुरुआत २१ अक्टोबर १९३९ मा अमेरिकाबाट भएको हो । १९४० देखि ९ अक्टोबर १९९६ सम्म अमेरिकाले ९.६१ ट्रिलियन डलर (आजको मूल्यमा) खर्च गरेको थियो ।

सन् १९४५ बाट यता सन् १९९६ सम्म अमेरिकाले ७०,००० हजार खतरनाक हतियार बनाइसकेको विभिन्न तथ्यांकले देखाउँछ । सोही अवधिमा रूसले ५५,०००, सन् १९४९ बाट यता फ्रान्सले ११४०, सन् १९६० पछि आजसम्म बेलायतले ८३५, चीनले ६०० यस्ता हतियार बनाएको खबर तथ्यांक छ । यो पनि केबल बाहिर देखाइएको मात्र आँकडा हो कुनै देशको सेनासँग हतियार कति छ भन्ने वास्तविक आँकडा गोप्य नै हुने गर्दछ । वल्र्ड पपुलेशन रिभ्युका अनुसार वास्तविक खतरनाक आणविक हतियार बनाउने देशको संख्या ९ छ र एशियामा मात्र ४ देश रहेका छन् । पछिल्लो तथ्याङ्कअनुसार आणविक हतियारको संख्यामा रूस, संख्यात्मक रूपमा माथि रहेको छ । यो रिभ्युका अनुसार अहिले रूससँग ६ हजार ३७५ परमाणु रहेको छ । अमेरिकासँग ५ हजार ८००, चीनसँग ४१०, फ्रान्ससँग २९०, बेलायतमा २२५, पाकिस्तानसँग १७०, भारतमा १७५ परमाणु रहेको छ । आइक्यानको दाबी अनुसार इजरायलमा ९० र उत्तर कोरियासँग ३० देखि ४० ओटा न्यूक्लियर वारहेड रहेका छन् । दक्षिण कोरियाले पनि केही यस्तै हतियार बनाएको छ तर यसको आधिकारिक सूचना बाहिर आइसकेको छैन । आइक्यान ११० देशको ६६० संगठनहरुको समूह हो । यसको स्थापना सन् २००७ मा भएको थियो ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च बर्गीकृत आणविक रणनीतिक योजना अघि सारेका छन् । जसले चीनको बढ्दो आणविक हतियारमा ध्यान केन्द्रित गर्न वासिङटनको प्रतिरोधात्मक रणनीतिलाई प्रतिनिधित्व गरिरहेको छ । विश्वमा धेरै परमाणु हतियार रहेको रुस अमेरिकाको लागि टाउको दुखाई भइरहेका बेला यतिखेर चीनले पनि तिब्र गतिमा परमाणुलाई प्राथमिकता दिइरहेको छ । चीनको बढ्दो आणविक हतियारको विषयलाई लिएर यतिखेर अमेरिका झस्किएको छ । जसलाई काउन्टर दिनका लागि बाइडेनले गत वर्ष नयाँ रणनीतिक योजना ल्याएका थिए । चीनले आउँदो एक दशकमा रुस र अमेरिकालाई टक्कर दिने गरि परमाणु हतियारमा लगानी गरिरहेको छ ।

दोस्रो विश्व युद्धपछि अमेरिका र सोभियत संघबीच शित युद्ध शुरु भएसँगै परमाणु हतियार बनाउने होड शुरु भएको हो । यो सँगै सोभियत संघले परमाणु हतियार हासिल गर्ने अठोट लियो । सन् १९४९ मा सफल पनि भयो । यसरी सोभियत संघ परमाणु हतियार प्राप्त गर्ने पहिलो देश बन्यो । हालको रुसले यो परमाणु हतियार बनाउने क्रमलाई निरन्तरता दिइरहेको छ । हाल रुस र युक्रेनबीच युद्ध भइरहेको छ । जसमा उसले आफ्नो परमाणु अस्त्र प्रयोग गरिरहेको छैन । युक्रेनसँगको युद्धमा परमाणु हतियारको प्रयोग गर्छु भनेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेला बेलामा चेतावनी भने दिइरहेका छन् । यसो हुनुमा रुसी राष्ट्रपतिले युरोपेली मुलुक र अमेरिकालाई तर्साउन पनि चेतावनी दिएका हुन सक्छन् । पुटिनले केही समय अघि मात्रै राजधानी मस्कोमा सुरक्षा परिषद्‌को बैठक बोलाएका थिए, जसमा उनले रुसी सरकार परमाणु हतियारको प्रयोग र यससँग सम्बन्धित नियमलाई परिवर्तन गर्ने तयारीमा रहेको जानकारी दिएका थिए । पुटिनले देशको परमाणु सिद्धान्तमा केही नयाँ कुरा थप्नेसमेत जनाएका छन्, जसअनुसार रुसविरुद्ध मिसाइल या ड्रोन हमला भएमा उसले परमाणु हतियार प्रहार गर्नेछ ।

राष्ट्रपति पुटिनले रुसका कुनै पनि इलाकामा ठूलो मात्रामा मिसाइल वा ड्रोन हमला गरेर देशको सम्प्रभूतामा खतरा पैदा भएमा पनि परमाणु हतियारको प्रयोग गर्न सक्ने उल्लेख गरेका छन् । पुटिनका अनुसार यदि कुनै परमाणु हतियार नभएको देशले परमाणु सम्पन्न देशको समर्थनमा रुसमाथि हमला गर्छ भने त्यसलाई दुवै देशले गरेको हमला मानिनेछ । पुटिनले परमाणु हतियार प्रयोगको धम्की दिएको यो पहिलो घटना भने होइन । गत १२ सेप्टेम्बरमा पनि उनले पश्चिमा देशले युक्रेनलाई क्रुज मिसाइल प्रयोगको अनुमति दिएमा नेटो रुसविरुद्धको युद्धमा उत्रिएको मान्ने र त्यसको जवाफ दिने चेतावनी दिएका थिए । फेब्रुअरी २०२२ मा रुसले हमला गरेपछि साढे २ वर्षदेखि युक्रेन अमेरिका र पश्चिमा शक्तिको आडमा रुसविरुद्ध युद्ध लडिरहेको छ ।

हुन त जर्मनीले पनि परमाणु हतियार बनाउनका लागि प्रयास नगरेको होइन । युरोपमा दोस्रो विश्व युद्ध समाप्त भएसँगै अमेरिका र सोभियत संघले जर्मनी कब्जा गरेका थिए । हिटलरले आत्महत्या गरिसकेका थिए । तर उसको आणविक कार्यक्रम भने सफल हुन सकेन । त्यसो त चीन शुरुमा परमाणु हतियार विहीन थियो । चीनलाई परमाणु हतियारमा अग्रसर बनाउनुम तीन वटा कारण छन् । जसको कारण अमेरिका हो । पहिलो कारण हो जब चीनमा सन् १९४९ मा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव माओत्सेतुङ आएपछि चीन सोभियत संघको पक्षमा उभियो । त्यति बेला विश्व दुई ध्रुवमा बिभाजित थियो । दुई मध्ये कि सोभियत संघ या अमेरिका मध्य एक रोज्नु पर्दथ्यो । कम्युनिष्ट देश भएका नाताले पनि चीन सोभियत संघमा उभिनु स्वभाविक थियो । जब सन् १९५० अक्टुबरमा कोरिया युद्धमा चीन पनि सामेल भयो त्यसपछि अमेरिकालाई तनाब भयो ।

अमेरिका दक्षिण कोरियाको तर्फबाट लड्दा सोभियत संघसँगै चीनले पनि साथ दियो । पछि कोरियाली लडाइमा संयुक्त राष्ट्रसंघ पनि सामेल भयो । त्यसपछि अमेरिकाको राष्ट्रपति ह्यारी एस ट्रुमन लि Harry S Truman le ले चीनलाई कोरियाली युद्धबाट पछि हट्न चेतावनी दिए । त्यसका लागि परमाणु हतियारले तैनाथ बिमानले धावा बोल्ने धम्की दिए । त्यसपछि सन् १९५३ मा अमेरिकी राष्ट्रपति डिवेट टुईनर Dwight परमाणु आक्रमण गर्ने चेतावनी दिए ।

तेस्रो कारण हो आफ्नो आधिपत्यमा रहेको ताइवानको विषय । सन् १९५४ मा चीनले ताइवानबीच युद्ध शुरु ग¥यो । सो ठाउँमा बम गोला बर्सायो । उता अमेरिकाले भने ताइवानसँग हात मिलाउँदै ताइवानको सुरक्षाको जिम्मा आफूले लिने प्रतिबद्धता जनायो । जसले चीनलाई बाध्य भएर परमाणु हतियारमा केन्द्रित बनायो । अमेरिकाले बेला–बेलामा परमाणु देखाएर दिइरहने चेतावनीका बीच चीनले सन् १९५५ मा आफ्नो आणविक हतियार परियोजना शुरु ग¥यो । साथै सफल परीक्षण गरेसँगै यो परियोजनालाई चीनले निरन्तरता दिइरहेको छ । चीनले अर्को दशकसम्म रुस र अमेरिकालाई आणविक हतियारमा भेट्टाउने लक्ष्य समेत लिएको छ । सन् २०३० सम्म परमाणुको संख्या १ हजारभन्दा बढी पु¥याउने र त्यसको पाँच वर्षमा थप दोब्बर बनाउदै लैजाने रणनीति लिइरहेको छ । विश्लेषकहरुका अनुसार चीनले अबको दशकमा आणविक हतियारलाई बढाउदै लैजादाँ अमेरिकाका लागि रुस भन्दा बढी ठूलो खतरा हुने देखिन्छ । त्यसैले पनि अहिले अमेरिकाले परमाणु हतियारको विषयमा नयाँ रणनीति लिइरहेको हो । रुस, चीन र उत्तर कोरिया एकै ठाउँमा उभिदाँ अमेरिकालाई ठूलो खतरा बढ्न सक्ने भयका कारण पनि अमेरिकाले परमाणु हतियारमा नयाँ रणनीति बनाउँदै थप लगानी गर्ने योजना बनाएको हो । विश्वमा बढ्दो परमाणु हतियार बनाउने हाडबाजीले कस्तो रुप लिन्छ त्यो भावी दिनले नै देखाउँला ।

कुन देश कति शक्तिशाली ?

१.रुस

आणविक हतियार– ६९१२

प्रयोग बिधि – मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.०६३९

जनसंख्या- १४२१२२७७६

सेना – ३५८६१२८ अनुमान

जम्मा एयरक्राफ्ट – ४०७८ ( २ नम्बर १३७ मा )

फाइटर बिमान – ८६९ ( ३ न. )

कम्बाट टेंक – २१९३२ ( १ न. )

रक्षा बजेट – $ ४४ बिलियन

२. अमेरिका

आणविक हतियार– ६१७२

प्रयोग बिधि – मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.०६१५ ( नेटो सदस्य )

जनसंख्या- ३२९२५६४६५

सेना – २१४१९०० अनुमान

जम्मा एयरक्राफ्ट – १३३९८ ( १ नम्बर १३७ मा )

फाइटर बिमान – २३६२ ( १ न. )

कम्बाट टेंक – ६२८७ ( ३ न. )

रक्षा बजेट – $ ७१६ बिलियन

३. फ्रान्स

आणविक हतियार– ३००

प्रयोग बिधि – मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.१५८४ ( नेटो सदस्य )

जनसंख्या- ६७३६४३५७

सेना – ३८८६३५ अनुमान

जम्मा एयरक्राफ्ट – १२४८ ( ८ नम्बर १३७ मा )

फाइटर बिमान – २७३ ( १० न. )

कम्बाट टेंक – ४०६ ( ४४ न. )

रक्षा बजेट – $ ४०.५ बिलियन

४. चीन

आणविक हतियार– २८५

प्रयोग बिधि – पहिला प्रयोग नगर्ने ( no first used policy)

पावर इन्डेक्स – ०.०६७३

जनसंख्या- १३८४६८८९८६

सेना – २६९३००० अनुमान

जम्मा एयरक्राफ्ट – ३१६७ ( ३ नम्बर १३७ मा )

फाइटर बिमान – १२२२ ( २ न. )

कम्बाट टेंक – १३०५० ( २ न. )

रक्षा बजेट – $ २२४ बिलियन

५. बेलायत

आणविक हतियार– २१५

प्रयोग बिधि – मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.१७९७ ( नेटो सदस्य )

जनसंख्या- ६५१०५२४६

सेना – २३३००० अनुमान

जम्मा एयरक्राफ्ट – ८११ ( १९ नम्बर १३७ मा )

फाइटर बिमान – १२९ ( १९ न. )

कम्बाट टेंक – ३३१ ( ४९ न. )

रक्षा बजेट – $ ४७.५ बिलियन

६. पाकिस्तान

आणविक हतियार– १६०

प्रयोग बिधि – मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.२७९८

जनसंख्या- २०७८६२५१८

सेना – १२०४००० अनुमान

जम्मा एयरक्राफ्ट – १३४२ ( ७ नम्बर १३७ मा )

फाइटर बिमान – ३४८ ( ७ न. )

कम्बाट टेंक – २२०० ( १३ न. )

रक्षा बजेट – $ ७ बिलियन

७. भारत

आणविक हतियार– १४०

प्रयोग बिधि – पहिला प्रयोग नगर्ने ( no first used policy)

पावर इन्डेक्स – ०.१०६५

जनसंख्या- १२९६८३४०४२

सेना – ३४६२५०० अनुमान

जम्मा एयरक्राफ्ट – २०८२ ( ४ नम्बर १३७ मा )

फाइटर बिमान – ५२० ( ४ न. )

कम्बाट टेंक – ४१८४ ( ६ न. )

रक्षा बजेट – $ ५५.२ बिलियन

८. इजरायल

आणविक हतियार– ८५

प्रयोग बिधि – मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.२९६४

जनसंख्या- ८४२४९०४

सेना – ६१५००० अनुमान

जम्मा एयरक्राफ्ट – ५९३ ( १८ नम्बर १३७ मा )

फाइटर बिमान – २५३ ( ११ न. )

कम्बाट टेंक – २७६० ( ८ न. )

रक्षा बजेट – $ १९.६ बिलियन

९. उत्तर कोरिया

आणविक हतियार– ३०

प्रयोग बिधि – मात्र बचाऊ ( only defensively policy)

पावर इन्डेक्स – ०.३२७४

जनसंख्या- २५३८१०८५

सेना – ११०००० अनुमान

जम्मा एयरक्राफ्ट – ९४९ ( ११ नम्बर १३७ मा )

फाइटर बिमान – ४५८ ( ५ न. )

कम्बाट टेंक – ६०७५ ( ४ न. )

रक्षा बजेट – $ ७.५ बिलियन