• आश्विन ११ २०८१, शुक्रबार

काभ्रेमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

आश्विन १० २०८१, बिहीबार

१० असोज, काभ्रे । काभ्रेको पाँचखाल नगरपालिका–५, सैतिस किलो केराघारीस्थित अरनिको राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धुलिखेलबाट पाँचखाल जाँदै गरेको बा ५ ख १२८१ नम्बरको ट्रक बिहीबार दिउँसो आफैं अनियन्त्रित भएर अन्दाजी ७० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका चालक सिन्धुलीको मरिण गाउँपालिका–१ का २८ वर्षका रमेश ठाडाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए ।