• आश्विन ९ २०८१, बुधबार

विदेशी नागरिक लुटपाटको अभियोगमा तीन जना पक्राउ

आश्विन ९ २०८१, बुधबार

असोज ९, काठमाडौं । काभ्रेको बनेपा नगरपालिका–६, गोसाइँस्थानमा लुटपाटको अभियोगमा तीन जना पक्राउ परेका छन् । धुलिखेल अस्पतालमा ‘इन्टर्नसीप’ गर्न आएका इटाली र जर्मनीका नागरिकका सामान लुटेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चक्कु देखाएर दुई विदेशी नागरिकलाई लुटपाट गर्ने नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९, सुन्थानका उज्ज्वल दाहाललाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट लुटिएका सामानपनि बरामद गरिएको छ ।

विदेशी नागरिक लुटिएको खबर प्राप्त हुनासाथ बनेपास्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।