• आश्विन ८ २०८१, मंगलवार

गर्मीमा कपालको विशेष हेरचाह

आश्विन ६ २०८१, आईतवार

गर्मीले गर्दा शरीर पसिनाले नै भिजिरहेको हुन्छ ।  यस्तो बेला महिलाहरुले आफ्नो कपालबारे विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ ।

विशेषगरी गर्मीको मौसम पसिनाले गर्दा तपाईले कपाल धेरै टुक्रिने झर्ने हुँदा आफ्नो केशको प्रकार हेरी उच्च गुणस्तरको स्याम्पु प्रयोग गर्दा राम्रो हुन्छ । तोरीको तेल लगाएर मसाज गरी नुहाउँदा कपालको चमक आउनुको साथै कपाल झर्न पनि कम हुन्छ । तेल र स्याम्पु नै केशलाई सफा र स्वास्थ्य राख्ने एकदम राम्रो उपाय हो । तल दिएका निम्न उपाय बाट नि केशको सुरक्षा गर्न सकिन्छ ।
–एउटा केरामा एक चम्चा ओलिभ ओयल मिसाएर राम्रोसँग फिट्नुपर्छ । जब केराको प्युरी बन्छ तब त्यसले केश र स्काल्पमा मसाज गर्नुपर्छ । ३० मिनेटपछि केश धुनुपर्छ ।

– हप्तामा ३ चोटी सम्म केशमा तोरी या अन्य कपालमा लगाउने प्रभावकारी तेल लगाई १०/१५ मिनेट मसाज गरी २/३ घण्टा पछी नुहाउँदा केशमा चमक आउनु को साथै कपाल झर्र्न रोक्छ ।
– आधा एबोकाडोलाई म्यास गरी त्यसमा केही थोपा पिपरमेन्ट एसेन्सियल ओयल मिसाउनुपर्छ । केश स्याम्पु गरेर पानी निचोरेपछि यो मास्क प्रयोग गरी १५ मिनेटपछि धुनुपर्छ । केश तैलीय र चिपचिप रहँदैन र नरम पनि हुन्छ ।
– कागतीको रसमा ओलिभ ओयल मिसाएर मसाज गर्दा सुख्खा केशमा चमक प्राप्त हुन्छ ।
– कपालमा घ्यूकुमारी रस हाली कपालको मसाज गर्दा नि केश चम्किलो र कपाल बढ्न मदत गर्दछ ।
– मेथीको पाउडर ३० मिनेट पानीमा भिजाई केशमा १ घण्टा जती राखेर नुहाउँदा कपालमा चमक ल्याउनु को साथै कपाल झर्न पनी कम भएर जान्छ ।
– चाँयाको समस्या हुनेले दहि केशमा लगाई १ घण्टा पछी नुहाउँदा चाँया जानुको साथै कपाल झर्न पनी रोक्छ ।