• आश्विन ५ २०८१, शनिबार

स्वयम्भूमा बौद्ध धर्म सम्बन्धि प्रवचन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

आश्विन ५ २०८१, शनिबार

काठमाडौं । काठमाडौंको स्वयम्भूमा बौद्ध धर्म प्रवचन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रशिक्षक सोनाम गुरु घेलाले बौद्ध धर्म सम्बन्धि प्रशिक्षण तथा प्रवचन दिएका थिए ।

सो अवसरमा ८० जना विद्यार्थीलाई प्रमणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई स्वागत मन्तव्यबाट रामबहादुर गोलेले स्वागत गरेका थिए । कार्यक्रम सञ्चालन विष्णुमाया गोलेले गरेकी थिइन् भने बौद्ध धर्मका बारेमा वीरसिंह घलेले आफ्ना धारणा राखेका थिए ।