• आश्विन ५ २०८१, शनिबार

मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट एक जनाको मृत्यु

आश्विन ५ २०८१, शनिबार

असोज ५, काठमाडौं । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१, गोरक्षश्वर मन्दिर नजिकै ग्यास बुलेटको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ ।

हेटौँडाबाट थानार्भयाङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले गएराति ठक्कर दिँदा साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानार्भयाङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते पाण्डेलाई उपचारका लागि हेटौँडा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीले बुलेट र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।