• आश्विन ५ २०८१, शनिबार

वेस्ट बैंकमा इजरायली सेनाद्वारा ३ प्यालेस्टिनीको हत्या

आश्विन ५ २०८१, शनिबार

५ असोज, काठमाडौं । इजरायली सेनाले उत्तरी वेस्ट बैंक शहर जेनिनको दक्षिणमा पर्ने कबातिया शहरमा तीन प्यालेस्टाइनी बन्दुकधारीको हत्या गरेको छ ।

इजरायली सेनाले शहरमा आक्रमण गरी एउटा घरलाई घेरा हालेर तीन बन्दुकधारीलाई मारेको प्यालेस्टिनी स्रोतलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन प्यालेस्टाइनीहरू घरको छतमा रहेको बेला इजरायली सैनिकहरूले मारेको बताइएको छ । हालसम्म इजरायली सेनाले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।

अक्टोबर ७, २०२३ मा गाजा पट्टीमा इजरायल र हमासबीचको द्वन्द्व शुरु भएदेखि वेस्ट बैंक तनावमा छ ।