• आश्विन ४ २०८१, शुक्रबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आश्विन ४ २०८१, शुक्रबार

असोज ४, तेह्रथुम । ५६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालिगुराँस नगरपालिका–१ गैंरी टोल डेरा गरी बस्ने भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।