• आश्विन ४ २०८१, शुक्रबार

लोपोन्मुख राउटे समुदायका एक युवकको मृत्यु

आश्विन ३ २०८१, बिहीबार

मृतक २२ वर्षीय वृषबहादुर शाही ३ असोज, सुर्खेत । लोपोन्मुख राउटे समुदायका एक युवाको प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय वृषबहादुर शाही रहेको गुँरास गाउँपालिका वडानम्बर –१ का वडाध्यक्ष धर्मबहादुर रावलले जानकारी दिए । उनका अनुसार ६ महिना अघिदेखि बिरामी रहेका शाहीलाई भदौ ३१ गते उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइएको थियो । जाँच गर्दा उनलाई डाक्टरले टिबी भएको बताएका थिए ।

उपचार हुननसक्ने भएपछि अस्पतालले डिस्चार्ज गरेको थियो । डिस्चार्जपछि हाल बसोबास भएको ठाउँ दैलेखको गुराँस गाउँपालिका– १ सिमेसाल फर्किंदै गर्दा सुर्खेतको कल्यानकाँधमा बुधबार राति ९ बजेतिर मृत्यु वडाध्यक्ष रावलले बताए । वृषबहादुरको मृत्यु भएसँगै अब राउटेको जनसङ्ख्या घटेर १३४ मा झरेको छ । २०७५ असारदेखि यता यो समुदायमा ४३ जनाको मृत्यु भएको राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले जानकारी दिए ।